काठमाडौं। नागार्जुन– २स्थित ट्रितेन नोर्बुचे युङ्गडुङ्ग बोन शिक्षालयको नयाँ भवन (गुम्बा) उद्घाटन भएको छ।
बुधबार विशेष समारोहबीच सय वर्षीय ‘गुरु योङजीन रिन्पोछे’बाट भवनको उद्घाटन गरिएको हो। योङजीन रिन्पोछेको एक सय बर्सौं जन्मोत्सवको अवसरमा नयाँ गुम्बा उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा गुम्बाका गुरुहरु, भिक्षुहरुका साथै देश/विदेशमा रहेका बोन धर्मगुरुहरु, देशका विभिन्न स्थान (विशेषगरी डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ)मा बसोबास गर्दै आएका बोन धर्मवलम्बीहरु तथा विदेशी पाहुनहरुको उपस्थिति रहेको छ।
योङजीन रिन्पोछबाट विधिवत् पूजा–आराधनापछि आजबाट नयाँ भवन खुला गरिएको छ।
यहाँ सन् १९८६ मा गुम्बा निर्माण गरिएको थियो। तर, पहिलाको गुम्बा सानो भएकोले पूजा–आराधना गर्न समस्या भएको महसुस गरी नयाँ गुम्बा निर्माण गरिएको हो। नयाँ भवन निर्माणमा नेपालका बोन धर्मवलम्बीहरु र जर्मन नागरिकले सहयोग प्रदान गरेका छन्।
यसलाई बोन धर्मको सबैभन्दा ठुलो गुम्बा मानिन्छ। यहाँ गेसे तहसम्मको पढाइ हुन्छ। सुरुमा यहाँ अध्ययन गर्ने २१ जना र साधना गर्ने चार जना भिक्षु थिए। अहिले भने यहाँ तीन सय बढी भिक्षु नियमित बस्ने र साधना गर्ने गर्छन्।
योङजीन रिन्पोछको १००औं जन्मदिनको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा प्रमुख अतिथि रहेकाे कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङ, उषाकला राई, रास्वपा सांसद गणेश पराजुलीलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका मन्त्री तथा जनप्रतिनिधिहरुकाे सहभागीता पनि रहेकाे छ।
कार्यक्रमा बिहीबारसम्म जारी रहनेछ।
तस्बिरहरु: