काठमाडौं। नेपाल सरकारले ८ हजार मिटर अग्ला हिमालकाे सूचीमा थप ६ वटा नयाँ हिमाल समावेश गरेकाे छ।
पर्यटन विभागले हालै आफ्नो वेबसाइटमा हिमशिखरहरुको प्रोफाइल परिमार्जन गरी ८ हजार मिटर अग्ला नयाँ ६ वटा हिमाल समावेश गरेको हो।
जसमा यालुङ खाङ (८,५०५ मिटर), यालुङ खाङ पश्चिम (८,०७७ मिटर), कञ्चनजङ्घा सेन्ट्रल (८,४७३ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), ल्होत्से मध्य (८,४१० मिटर) र ल्होत्से शर (८,४०० मिटर) रहेका छन्।
विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार हिमशिखरहरुको प्रोफाइलमा थप ५७ वटा हिमाल समावेश गरिएकाे थियाे। जसमा यी हिमालहरुकाे विवरण उल्लेख छ।
नेपाल सरकारले थप गरेका यी ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि भने थप गृहकार्य गर्नु पर्ने हुन्छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासङ्घ (यूआईएए)लगायत अन्य सम्बन्धित निकायमा पहल गर्नु पर्ने हुन्छ।
विश्वमा ८ हजार मिटर अग्ला १४ वटा हिमाल छन्। तीमध्ये ८ वटा नेपालमा रहेका छन्। अहिले समावेश गरिएका ६ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेमा विश्वमा ८ हजार मिटर अग्ला हिमालको संख्या २० पुग्नेछ। र, नेपालमा १४ वटा ८ हजार मिटर अग्ला हिमाल हुनेछन्।
सूची: