काठमाडौं। नेपालमा स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आएको अग्रणी संस्था ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई दोलखा जिल्लाका विभिन्न गन्तव्यहरूमा घुमाएको छ। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूल मन्त्रसहित यात्रामा निस्केकाहरूलाई खरिढुङ्गा, चरिकोट, भीमेश्वर, हनुमन्तेश्वर, जिरी र चेर्दुङ घुमाइएको हो।
यात्रा संयोजक एवम् हाइकिङविज्ञ राम देवी महर्जन
समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा माघ १६, १७ र १८ गते शुद्ध शाकाहारी खाना खुवाएर यात्रा गराइएको हो। यात्रामा विभिन्न पेशा र व्यवसायमा संलग्न प्रकृतिप्रेमीको सहभागिता थियो। यात्राका सहभागीहरूमा तेजराम महर्जन, विनोद तिमिल्सिना, रमेश सुवेदी, देवेन्द्र कार्की, उत्तमनारायण मानन्धर, अष्टमाया डंगोल, हरिकृष्ण बाराही, विनोद अग्रवाल, अर्जुन श्रेष्ठ, शेरबहादुर महर्जन, सीता महर्जन, गीता सिटौला, सागरिका मानन्धर, अर्जुन राजबाहक, सुभद्रा महर्जन, उषा थापा, आरती अग्रवाल र अमृत भादगाउँले थिए।
स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रकृति प्रेमी समूहका सदस्यहरूलाई दोलखाको भीमेश्वर, हनुमन्तेश्वर, जिरी र चेर्दुङ घुमाइएको हो। यसबाट ‘जाऔं है चेर्दुङ’ अभियानलाई पनि मद्दत पुगेको छ।
सातदोबाटोस्थित समूहको कार्यालय निरोगधामबाट गाडीमा निस्केका यात्रुहरूलाई बनेपा, खाडिचौर, खरिढुङ्गा, चरिकोट, हनुमन्तेश्वर हुँदै जिरीमा पुगेर बास बसाइएको थियो। पहिलो दिन उनीहरूलाई खरिढुङ्गा, चरिकोट र हनुमन्तेश्वर दर्शन गराइयो।
खरिढुङ्गामा
चरिकोट–जिरी सडकको खाबाडाँडाबाट उनीहरूलाई हिँडाएर हनुमन्तेश्वर (३,००० मिटर) पु¥याइयो। हनुमन्तेश्वर एउटा हिलस्टेसन हो। रामायण कथाअनुसार लक्ष्मण घाइते भएपछि उनको उपचारका लागि संजिवनी बुटी खोज्न यहाँ हनुमान आइपुगेको किबदन्ती छ। यहाँ हुनमानको मूर्ति, प्राकृतिक शिवलिङ्ग लगायतका सम्पदा छन्। त्यसैगरि डाँडाबाट लाङटाङ, गौरिशंकर र नुम्बुर हिमाल देखिन्छन्।
डाँडामा पुग्दा हिमाल झलमल्ल खुलेका थिए। त्यहाँ पुगेर उनीहरूले आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने नारा घन्काए। भोलिपल्ट ३,७०० मिटर उचाईको चेर्दुङ चढ्नु पर्ने भएकाले एक्लमटाइज हुन र नयाँ गन्तव्यबारे जानकारी दिलाउन उनीहरूलाई हनुमन्तेमा घुमाइएको कार्यक्रम संयोजक महर्जनले बताइन्।
हनुमन्तेश्वरमा हनुमानको मूर्ति
साँझ उनीहरूलाई जिरीको होटल हेमन्तमा बसाइयो। भोलिपल्ट अर्थात् बिहीबार बिहानै ४ ओटा जिपमा यात्रीहरूलाई क्याङ्से पोखरीसम्म पु¥याइयो। त्यहाँबाट उनीहरू करिब ४ घण्टा पदयात्रा गरेर हिलस्टेसन चेर्दुङ पुगे। पदयात्रामा सहयोगी पथ प्रदर्शकको भूमिकामा सगरमाथा आरोही लालबहादुर जिरेल थिए भने सहयोगीमा कुन्साङ शेर्पा।
मध्यान्ह १२ बजे सबै पदयात्री चेर्दुङ (३,७०० मिटर)को थाप्लोमा पुगेका थिए। त्यहाँ पुग्दा सबै रमाए। घमाइलो दिन भएकाले अन्नपूर्ण, मनास्लु, लाङटाङ, सिसापाङ्गामा, गौरिशंकरदेखि नुम्बुर हिमालसम्म टलक्क टल्केका थिए। डाँडामा पुगेर पदयात्रीले हिमालय दर्शनसँगै तस्बिर खिचे, टिकटक बनाए। साथै उनीहरूले चेर्दुङे्श्वर महादेवको दर्शन पनि गरे। डाँडामा खाने र बास सुबिधा नभएकाले उनीहरूका लागि जिरीबाटै तरकारी बनाएर लगिएको थियो। त्यसैले डाँडामै बसेर उनीहरू तरकारी, च्युरा र स्याउ खाए।
हनुमन्ते डाँडा
स्मरणीय छ, प्रकृतिप्रेमी समूहको समूहमा जंकफुड, फास्टफुड, मदिरा र मांशहार निषेध छ। स्वास्थ्यवर्दक खाना मात्र खुवाइन्छ। खानापछि उनीहरू एकछिन प्राकृतिक स्वास्थ्य चेतना फैलाउने गीतमा नाचगान गरे। यात्रामा समूहका सदस्य एवम् गायक शेरबहादुरले ठाउँठाउँमा गीत गाएका थिए। नाचगानपछि उनीहरू हिँडेरै जिरी बजार पुगे।
चेर्दुङको उकालो चढ्दै
केही दिन अघि मात्र पर्यटन प्रवद्र्धन मञ्च नेपालको अगुवाईमा ‘जाऔं है चेर्दुङ’ अभियान शुभारम्भ भएको थियो। समूहको पदयात्राले उक्त अभियानलाई मद्दत पुगेको छ। पदयात्रीहरू साँझ जिरी पुगेर होटलमा बास बसे। उनीहरू शुक्रबार बिहान जिरी बजार, जिरेश्वर महादेव लगायत सम्पदा घुमे। जिरी नेपालको स्विजरल्यान्ड र सगरमाथाको प्रवेशद्धारका रुपमा चिनिएको छ।
चेर्दुङ
यात्राको तेस्रो दिन, जिरीबाट फर्कने बेलामा होटल हेमन्तका सञ्चालक बसञ्त प्रधानले सबैलाई खादा लगाएर बिदाई गरेका थिए। त्यहाँबाट फर्केपछि सबैलाई प्राचीन दोलखा नगरीको भीमेश्वर मन्दिरमा पु¥याइयो।
भीमेश्वर दर्शनपछि चरिकोटको किस्मत होटलमा तीन बराबर भोजन खुवाइएको थियो। खानापछि उनीहरू काठमाडौं फर्के।
समूहको दोलखा यात्रा सफल बनेको छ। ‘सबैको सहयोगले हाम्रो दोलखा भ्रमण सफल भयो। सबै सहभागी र सहयोगीलाई धन्यवाद’, कुशलतापूर्वक नेतृत्व गरेकी यात्रा संयोजक रामदेवी महर्जनले एभरेस्ट पेडियासँग भनिन्, ‘हामी आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्नेछौं।’
चेर्दुङमा शिवको मूर्ति
दोलखा यात्राका थप तस्बिरहरू


चरिकोटस्थित होटल किस्मतका सञ्चालक शान्तकुमार जिरेल र प्रेमकुमारी जिरेलका साथमा हाइकिङविज्ञ रामदेवी महर्जन




नुम्बुर हिमाल
जिरीको होटल हेमन्तका सञ्चालक बसञ्त प्रधान, हाइकिङविज्ञ रामदेवी महर्जन र सगरमाथा आरोही लालबहादुर जिरेल
चेर्दुङ डाँडा








