पोखरा। पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’को व्यापक प्रचार गरिएको छ।
पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो।
पोखरामा गत माघ १० देखि जारी ३३औं औधगिक व्यापार मेला एवम आइटी महोत्सवमा– २०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए।
उनका अनुसार ‘घुमौं मधेस, बुझौं मधेस’को स्टल नम्बर १ बाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रवाट जानकारी दिइएको छ। भने, स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ।
चन्द्रपुर उद्याेग वाणिज्य संघका उदय सापकाेटा सुरेनले स्टल व्यवस्थापन छन्।
मधेस प्रदेश सरकार, उद्याेग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजाराैं मानिसले अवलोकन गरेका छन। भने, आगुन्तकहरूलाइ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ।
सो महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्युवाट सुरू भएकाले नि पोखराले मधेसलाइ महत्व दिएको उनले बताए। ‘पोखरा महोत्सवको उद्घाटनबाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाई मधेसको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ’, उनले भने।
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहनेसमेत जनाएका छन्। ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भूमिमा जानुपर्छ, मधेसका समथर भूमिमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन्’, उनले भने।
दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव माघ १९ सम्म जारी रहने भएको छ।