हिमालको काखमा रहेको सोलुखुम्बु जिल्ला हालको महाकुलुङ गाउँपालिकामा जन्मिएका ठुले बहादुर उर्फ छिरी राईको जीवन कथा नेपाली पर्यटन क्षेत्रको एक जीवन्त इतिहास हो। परिवारको आर्थिक अवस्था कमजोर र ठूलो परिवारको जिम्मेवारीका कारण तीन कक्षामै विद्यालय छोड्न बाध्य भएका उनले आफ्नो जीवन यात्रा अत्यन्तै कठिन परिस्थितिबाट सुरु गरेका थिए।
‘मैले पर्यटन क्षेत्रमा सानै उमेरदेखि लागेको हो। सुरुमा भरियाको भूमिकाबाट लागेको हो। सुरुवात गर्दा त १३–१४ वर्षको थिएँ होला, तर मैले नियमित गर्न थालेको त १५ वर्षदेखि हो,’ उनी आफ्नो यात्रा सम्झँदै भन्छन्।
त्यस समयमा पर्यटन क्षेत्रमा प्रवेश गर्ने मार्ग अत्यन्तै साँघुरो थियो। ‘आफ्नो मान्छे यो क्षेत्रमा नभएकोले धेरै दुख गर्नुप¥यो। सुरुवाती दिनमा गाइड भन्ने चलन थिएन, सरदार भन्ने चलन थियो। सरदारको गुलामी गर्नुपर्थ्यो, त्यो नगरे काम पाउन गाह्रो थियो,’ उनी पुराना दिन सम्झँदै भन्छन्।
-1737110223.jpg)
होटलमा भाँडा माझ्ने कामबाट सुरु भएको उनको यात्रा क्रमशः भरिया हुँदै आजको सफल पर्यटक गाइडसम्म पुगेको छ। ‘काम पाउने आशामा होटलमा भाँडा पनि माझियो। होटलमा काम गर्दा तलब पाइदैनथ्यो, त्योबापत ट्रेकिङ जाने मौका पाइन्थ्यो।’
अहिलेको जस्तो सुविधाहरु नभएकोले आफूलाई यात्राको क्रममा चहिने सम्पूर्ण सामानहरु खानादेखि बास बस्न चाहिने सामग्रीहरु सबै आफै बोकेर हिड्नु पथ्र्यो त्यसो गर्दा सामानको भारी हुने उनि बताउँछन्। एक सय तीस किलोसम्मको भारी बोकेर हिमाली भेगमा हिँड्नु पर्ने त्यो समय उनका लागि अत्यन्तै चुनौतीपूर्ण थियो। सानो शरीर र भारी बोझका कारण कतिपय पटक समयमा गन्तव्यमा नपुग्दा आधाबाटोबाटै फर्काइएको पीडादायी क्षणहरू आज पनि उनको स्मृतिमा ताजै छन्। ‘मेरो ज्यान अलि सानो खालको, १३० केजीसम्मको भारी बोकिएछ त्यो बेलामा। सानो ज्यान, धेरै भारी भएकाले बेला पुग्न गाह्रो हुने। समयमा नपुगेको भनेर धेरै पटक आधि बाटो बाट मलाई फर्काइएको छ।’
त्यस बेलाको आर्थिक अवस्था पनि निकै कमजोर थियो। ‘पहिलो चोटि भरियाको रूपमा काम जाँदा १५० रुपैयाँ कमाएको थिएँ। सुख्खा तलब मात्र खान पाइन्नथ्यो। कुकको सहयोगी भएर जाँदा यात्रा अनुसार खाना खाएर ८० देखि १२० सम्म पाइन्थ्यो।’
विपन्नताको त्यो समय सम्झँदै उनी भन्छन्, ‘सुरुवाती दिनमा हाफपाइन्ट र चप्पल लगाएर पनि हिउँमा हिँड्नुपथ्र्यो। होटलहरूमा भेदभाव हुन्थ्यो, सरदार र पर्यटकलाई मात्र भित्र जान दिइन्थ्यो। हामी भरियाहरूलाई त बाहिर बाहिर भन्थे होटलवालाहरूले।’
-1737110228.jpg)
आज उनै ठुले राई नेपालको पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सुझावहरू दिन्छन्। ‘पर्यटन क्षेत्र भनेको नेपालको लागि विदेशी मुद्रा आर्जन गर्ने, लगानी ल्याउने ठाउँ हो। सरकारले अलि बढी ध्यान दिन जरुरी छ।’ उनी पर्यटक गाइडहरूको राष्ट्रिय निकुञ्ज शुल्क छुटको माग गर्दै भन्छन्, “हामी त्यहाँ जाँदा पर्यटक लिएर जान्छौं, त्यसबाट सरकारलाई नै फाइदा हुने हो।’
नेपालको पर्यटन क्षेत्रको भविष्यप्रति आशावादी रहँदै उनी भन्छन्, ‘नेपालमा पर्यटन क्षेत्रको भविष्य नराम्रो भन्न मिल्दैन, राम्रै छ। खाली सरकारको मुख मात्र ताकेर हुँदैन, पर्यटन व्यवसायी लगायत हामीले पनि सोच्नुपर्छ।’
-1737110227.jpg)
आज आफ्नो विगतको संघर्ष र वर्तमानको सफलतालाई तुलना गर्दै उनी भन्छन्, ‘अहिले त कम्तीमा भरिपूर्ण छु जस्तो लाग्छ। त्यो बेलाको दुःख गरेको फल होला सायद।’ उनै भरिया देखी पर्यटक गाइडसम्मको यात्रा तय गरेका राईसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलाकाे ५ औं भागमा कुराकानी गरेको छ।
-1737110226.jpg)
-1737110223.jpg)
-1737110223.jpg)