म्याग्दी। बेनी बजारमा जारी आठाैं म्याग्दी महाेत्सवमा मुना पुर्ख्याैली समूह पुर्ख्याैली नाच प्रतियाेगिताकाे विजेता बनेकाे छ।
बुधबार सम्पन्न प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गरेकाे धाैलागिरि गाउँपालिका- ३काे मुना पुर्ख्याैली समूह विजेता भएकाे हाे। त्यस्तै अन्नपुर्ण गाउँपालिका- ८काे काफलडाँडा पुर्ख्याैली समूह दाेस्राे बन्याे।
प्रतियाेगितामा बिम पुर्ख्याैली समूह (मालिका- ७), ओखोरबाेट पुर्ख्याैली समूह (मालिका- ४), निस्काेट पुर्ख्याैली समूह (मालिका- १), पाखापानी पुर्ख्याैली समूह (रघुगङ्गा- ६), चिमखोला पुर्ख्याैली समूह (रघुगङ्गा- ७), काफालडाँडा पुर्ख्याैली समूह (अन्नपूर्ण- ८), मुना पुर्ख्याैली समूह (धाैलागिरि- ३) र नेपाल मगर संघ (जिल्ला समन्वय संघ म्याग्दी) गरी कूल ८ टाेलीले सहभागी जनाएका थिए।
विजेता र उप-विजेतालाई क्रमश: ३५ हजार १ सय र २० हजार १ सय तथा सहभागी सबै समूहलाई ८ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएकाे छ।
विजेता तथा सहभागी समूहलाई मालिका गाउँपालिकाका अध्यक्ष मेषप्रसाद गर्वुजा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल मगर संघ, म्याग्दीका अध्यक्ष लोकश पुन मगरले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे।
म्याग्दी उद्याेग वाणिज्य संघकाे आयाेजना र नेपाल मगर संघकाे सह-आयाेजनामा जारी महाेत्सवमा म्याग्दी जिल्लामा रहेका मगर समुदायहरुले प्रतियाेगितामा भाग लिएका थिए।
तस्बिर: बाल्कुराम पुन मगर