म्याग्दी। माघे संक्रान्तिको अवसरमा म्याग्दीमा जिल्लास्तरीय पुर्ख्याैली नाच प्रतियोगिता हुने भएको छ।
८औं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाअन्तर्गत माघ २ गते बेनीबजारस्थित खुल्ला मञ्चमा पुर्ख्याैली नाच प्रतियोगिता हुने सह–आयोजक नेपाल मगर संघले जनाएको छ।
संघका अनुसार रु. ३ हजार दर्ता शुल्क लाग्ने पुर्ख्याैली नाच प्रतियोगितामा पहिलो हुनेलाई ३५ हजार १ सय रुपैयाँ र प्रमाणपत्र तथा दोस्रो हुनेलाई २० हजार १ सय रुपैयाँ र प्रमाणपत्र पुरस्कार तथा प्रोत्साहनस्वरुप सहभागी टोलीहरुलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगितामा सहभागी हुन माघ १ गते बेलुका ५ बजेभित्र नाम दर्ता गरिसक्नु पर्ने छ। एक समूहमा बढीमा १५ जनासम्म सहभागी हुन पाइने छ। प्रस्तुतीको लागि एउटा समूहलाई बढीमा ४० मिनेट समय दिइनेछ। रेकर्ड गरेको गीतमा नाच्न पाइने छैन। समूहमा युवालाई सहभागिता गराउनु पर्ने छ। प्रतियोगितामा कुनै विवाद आएमा निर्णायकमण्डल र आयोजकको निर्णय अन्तिम हुनेछ।
टोली दर्ता तथा समन्वयका लागि हिराबहादुर पुन, ९८५७६२७१७५, खम थापा, ९८५७६४२९३३ र रमेश फगामी, ९८४७७०८८६मा सम्पर्क गर्न सकिने जनाइएको छ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म प्रदेशस्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला सञ्चालन हुँदैछ।