सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई निकुञ्ज क्षेत्रको जैविक विविधता र वन्यजन्तु संरक्षणमा ध्यान दिन अनुरोध गरेको छ। हेलिकप्टर उडान र अवतरणसम्बन्धी जारी गरिएको पत्रमा, सबै हेलिकप्टर कम्पनीहरूलाई निकुञ्जको अनुमति लिएर र प्रचलित नियम अनुसार सेवा सञ्चालन गर्न भनेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, जो विश्व धरोहर स्थलको रूपमा युनेस्काेद्वारा चिनिएको छ, हिमाल, ताल र अन्य प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। यस क्षेत्रको संरक्षणका लागि यो कदम उठाइएको हो, जसले आर्थिक र सांस्कृतिक लाभका साथै स्थानीय रोजगार र पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याएको छ।
निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर कम्पनीहरूले सेवा उपलब्ध गराइरहेका छन्, जसले पर्यटकहरूको दृष्यावलोकन, स्थानीय बिरामीहरूको उद्दार र सामाग्री ढुवानी जस्ता कार्यहरूमा योगदान पुर्याउँदै आएका छन्। तथापि, यी सबै क्रियाकलापहरूलाई जैविक विविधता र वन्यजन्तुमा कुनै किसिमको असर नपर्नेगरी सुरक्षित र नियमबद्ध ढंगले सञ्चालन गर्न अपिल गरिएको छ।
पत्रकमा सबै हेलिकप्टर कम्पनीहरूले तोकिएको राजस्व बुझाउने र निकुञ्ज क्षेत्रको संरक्षणमा कुनै अवरोध नगर्ने गरी आफ्नो सेवा संचालन गर्न भनिएकाे छ।
यस पहलले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणमा थप मजबुत कदम चालेको छ र यसले पर्यावरणीय संवेदनशीलता र पर्यटन उद्योगका बीच सन्तुलन कायम राख्न मद्दत पुर्याउने आशा गरेकाे निकुञ्जले जनाएकाे छ।
यसअघि याे क्षेत्रमा निकुञ्ज र स्थानीय तहहरुले हेलिकप्टर उडानमा अवराेध पर्याएका थिए। अब भने उडान सुचारु भएकाे छ।