काठमाडौँ, १३ वैशाख । मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल बनेकी छन्, गुल्मी धुर्कोट गाउँपालिका २ कि नीरु घर्ती ।
बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल बाख्राको स्याहारमै रमाइरहने घर्ती एक सफल व्यवसायीको रूपमा परिचय बनाउनसमेत सफल भएकी छन् ।
व्यवसाय सुरु गरेपछि विभिन्न समयमा समस्या भएपनि निरन्तरताले नै उनी सफल व्यवसायी बनेकी हुन् । उनको आम्दानीको स्रोत पशुपालन नै हो । पहिला पाडा पाडी ठुलो पार्दै बिक्री गरेर घर खर्च चलाउने उनी अहिले जमुना पारी जातको बाख्रा पालनबाट मनग्य आम्दानी गर्छिन् । पाडा पाडी ठुलो पार्दै बिक्री गर्दा घर परिवार चलाउन उनलाई मुस्किल हुन्थ्यो ।
त्यसपछि श्रीमानलाई ऋण खोजेर विदेश पठाइन् । पाडापाडिबाट भनेजस्तो आम्दानी गर्न नसकेपछि एक माउ बाख्राबाट उनले व्यवसाय सुरु गरिन् । एक माउ बाख्राबाट व्यवसाय सुरु गरेकी उनले अहिले ३९ वटा बाख्रा पाल्दै आएकी छन् ।
‘धेरै भैँसी पाल्न सके त आम्दानी पनि राम्रो हुन्थ्यो होला तर म एक्लैले धेरै पाल्न नसक्ने भएपछि बाख्रा पालन सुरु गरे,’ नीरुले भनिन्, ‘एक माउबाट सुरु गरेको बाख्रा ५ माउ भएपछि फर्म दर्ता गरे र व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरे । अहिलेसम्म राम्रो आम्दानी भइरहेको छ ।’ उनी बाख्रा पालनमा लाग्नु पछाडि हेफर इन्टरनेशनल नेपालको ठुलो हात छ ।
हेफरले साना किसानलाई आत्मनिर्भर बनाउन तथा अर्थतन्त्रको मेरुदण्ड कृषिको विकास गर्न नीरु जस्ता धेरैलाई आफ्नो खुट्टामा उभिन सिकाएको छ । हेफरबाट बाख्रा पालनसम्बन्धी तालिम लिएसँगै बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सकिन्छ र आत्मनिर्भर बन्नु पर्छ भन्ने महसुस गराएको उनी बताउँछिन् । ‘बाख्रा पालनबाट पनि राम्रो आम्दानीगरि आत्मनिर्भर भइन्छ भन्ने जानकारी नै थिएन,’ उनले भनिन्, ‘म त नपढेको मान्छे । के गर्दा कस्तो हुन्छ भन्ने कुनै ज्ञान नै थिएन । सबै ज्ञान हेफरबाट पाएपछि उनीहरूकै सल्लाह अनुसार पाल्दा राम्रो आम्दानी भइरहेको छ ।’
‘नेपालमा भौगोलिक वातावरण पनि सही रहेको छ, किसान भएपछि अलिकति मिहिनेत गर्नु¥यो, स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने रहेछ ।’
उनी भन्छन्, ‘मैले केही पाउँछु भनेर बाख्रा पाल्न थालेको होइन । हेफरबाट ज्ञान पाएपछि केही गर्छु भन्ने मनसायले व्यवसाय सुरु गरेको हुँ ।’ सुरुमा भने निकै चुनौती सामना गर्नुपरेछ उनले । पहिलो पहिलो वर्ष त धैर्यको परीक्षा नै भयो । ‘जब घाँसदेखि सबै कुरा व्यवस्थित भयो । त्यसपछि राम्रो भइरहेको छ’, म धेरै सन्तुष्ट छु’, उनी भन्छन् । अहिले उनी बाख्रा पालनबाट मनग्गे आम्दानी गरिरहेकी छन् ।
वार्षिक अढाई लाख आम्दानी हुने गरेको उनले बताइन् । पहिला घर व्यवहार टार्न, छोरा पढाउन कहिले महिना मर्छ र श्रीमानले विदेशबाट पैसा पठाउँलान भनेर कुर्ने पर्ने बाध्यता थियो । तर बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि घर खर्च तथा छोरा पढाउन श्रीमानको तलब कुर्नु पर्दैन । ‘अहिले श्रीमानले कहिले पैसा पठाउला र समस्या टारौला भन्नु परेको छैन । बाख्रा पालनबाट नै छोराहरूलाई पनि राम्रो शिक्षा दिन सक्षम भएको छु ।’ उनले भनिन् ।
नेपालमा व्यावसायिक रूपमा बाख्रा पालन गर्न सकेमा राम्रो भविष्य रहेको उनी बत्ताउँछन् । उनी भन्छिन्, ‘नेपालमा भौगोलिक वातावरण पनि सही रहेको छ, किसान भएपछि अलिकति मिहिनेत गर्नु¥यो, स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने रहेछ ।’
कृषि र पशु पालन नेपालको रोजगारी अन्त्य गर्ने प्रमुख विकल्प रहेको बताउँदै नीरुले भनिन्, ‘यहाँको स्रोत र साधनको उच्चतम प्रयोग गरेमा साँच्चै देश समृद्धि बन्दछ ।’ उनले बाख्राको लागि मन पर्ने खानाको रूपमा रहेको किम्बु, बकाईनो, बर्सिम, निम, वडहर लगातका घाँस रोपेकी छन् ।
उक्त घाँसको बीउहरू पनि हेफरले नै उपलब्ध गराएको हो । व्यवसाय राम्रो हुँदै गएपछि हेफरबाट मात्र नभई गाउँपालिका पशु शाखाले खोर सुधार, औषधि लगायतमा सहयोग गरेको छ । सहयोग पाएपछि श्रीमानलाई पनि नेपालमै बोलाएर थप बाख्रा पालन गर्ने योजना रहेको पनि उनले सुनाइन् ।
‘सहयोग पाएपछि काम गर्ने थप हौसला थपिएको छ,’ श्रीमानलाई पनि अब नेपालमै बोलाएर बाख्रा थप्ने योजना रहेको भन्दै उनले भनिन, ‘अब श्रीमान् आए पछि दुवै जना मिलेर बाख्रा पालन मात्र गर्ने हो । अढाई लाख खर्चेर नयाँ खोर बनाई सकेको छु ।’ उनले आफ्नो बाख्रालाई पुग्ने घाँस आफैले रोपेकी छन् ।
‘सहकारी भर्खरै खोलेका हौँ,’ उनी भन्छिन्, ‘अब हाम्रो लक्ष्य भनेको किसानको सबै समस्या समाधान गर्ने हो । प्राविधिकदेखि बजारसम्मको व्यवस्था गछौं । यो विषयमा छलफल भइसकेको छ ।’ हेफरबाट नै अहिले आफू पनि सहकारीको अध्यक्ष सम्म हुन सक्षम भएको उनले बताइन् ।
‘तालिम नपाउँदा त हामी जस्तो पनि घाँस खुवाइ दिइन्थ्यो, गाई/भैँसी सँगै किला ठोकेर पाल्थ्यौँ’, तालिम पाएपछि धेरै कुराको जानकारी पाएको भन्दै उनले भनिन्, ‘पोसिलो पोसिलो घाँस खुवाउनु पर्ने रहेछ, उन्नत जानको बाख्रा पालन गर्नु पर्ने रहेछ, छुटै खोर बनाएर सफा गर्नु पर्ने रहेछ । यी कुरा त पहिला हामीलाई कहाँ थाहा थियो र ?’
यसरी उनलाई अहिले व्यवस्थित बाख्रा पालन सम्बन्धी समपूर्ण ज्ञान भएको छ । राम्रो आम्दानी पाएसँगै जीवनस्तर उकासिएको छ भने बाख्रा पालन भन्दा बाहिरी ज्ञान पनि धेरै आर्जन गरेकी छन् । बाख्रा बिक्रीको लागि पनि कुनै समस्या छैन । पुस महिनादेखि गाउँपालिका भित्रको २० वटा समूहबाट सहकारी स्थापना गरिएको छ ।
पिपलधारा कृषि तथा पशु विकास महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष कमला कुवँर रहेकी छन् । समूह गठनदेखि सहकारी सञ्चालनको लागि पनि हेफरले नै सहयोग गरेको छ । ‘हामीलाई त समूह सहकारी खोलेर बचत गर्नु पर्छ भन्ने जानकारी नै थिएन,’ उनले भनिन्, ‘हेफरको सरहरूले तालिम दिँदा नै सहकारी खोल्नु पर्छ भन्नु भएको थियो । भर्खरै खोलेका छौँ । अहिले ऋण बचतको काम गरिरहेका छौँ ।’
सहकारी खोल्नका लागि हेफरले ९० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकमबाट कम्प्युटर, दराज, टेबल, कुर्सी लगायतका सामाग्री जडान गरेको उनले बताइन् । हाल ३ सय जना सदस्य रहेका छन् । अब बिस्तारै दूध सङ्कलन, बाख्रा श्रोत केन्द्र, घाँस स्रोत केन्द्र लगायत खोल्ने योजना रहेको पनि उनले बताइन् ।
‘सहकारी भर्खरै खोलेका हौँ,’ उनी भन्छिन्, ‘अब हाम्रो लक्ष्य भनेको किसानको सबै समस्या समाधान गर्ने हो । प्राविधिकदेखि बजारसम्मको व्यवस्था गछौं । यो विषयमा छलफल भइसकेको छ ।’ हेफरबाट नै अहिले आफू पनि सहकारीको अध्यक्ष सम्म हुन सक्षम भएको उनले बताइन् ।
गाउँमा धेरैले बाख्रा पालन गरेका छन् भने कसैले गाई/भौसी तथा तरकारी खेती पनि गरिरहेका छन् । अझ ४/५ माउ बाख्रा पालन नगर्ने त घरै नरहेको पनि उनले बताइन् । यसरी धुर्कोटमा पछिल्लो समयमा बाख्रा पालनतर्फ कृषकको आकर्षण बढ्दो क्रममा छ ।
उनले पनि ५ माउ बाख्रा पालेकी छन् । काठमाडौँमा त्यतिकै बस्ने उनी तालिम पाएसँगै गाउँमा नै बसेर बाख्रा पालि गरिरहेकी छन् । ‘पहिला त बाख्राको खोर पनि मकै रोप्ने बेलामा मात्र सफा गथ्यौं तर तालिम पाएपछि त दिनकै सफा गछौं,’ गाई बाख्राको गोठ मात्र नभई गाउँ घर नै सफा राख्न थालेको भन्दै उनले भनिन्, ‘अहिले त बाटामा कतै फोहोर देखियो भने जसले पनि टिप्नु हुन्छ । बाख्रा पालनमा मात्र नभई गाउँ नै परिवर्तन भएको छ ।’
गाउँमा धेरैले बाख्रा पालन गरेका छन् भने कसैले गाई/भौसी तथा तरकारी खेती पनि गरिरहेका छन् । अझ ४/५ माउ बाख्रा पालन नगर्ने त घरै नरहेको पनि उनले बताइन् । यसरी धुर्कोटमा पछिल्लो समयमा बाख्रा पालनतर्फ कृषकको आकर्षण बढ्दो क्रममा छ ।
पछिल्लो समयमा कृषिमा आधुनिक र व्यावसायिकता बढ्न थालेको छ । सानो पुँजीदेखि ठुलो पुँजीसम्म बाख्रा पालनमा लगाउने कृषक प्रतिवर्ष बढेका छन् । वैदेशिक रोजगारीबाट फर्केर बाख्रा पालनसँगै कृषिका अन्य काममा समेत युवाले लगानी गर्न थालेका छन् । बाख्रा पालन व्यवसाय प्रवर्द्धन गर्नका लागि सरकारले पनि लगानी विस्तार गरिरहेको छ ।
अर्को तर्फ हेफर जस्ता विभिन्न सङ्घ संस्था किसानका लागि सारथि बनिरहेका छन् । नीरु घर्ती जस्ता हजारौँ बाख्रा पालक किसान हेफरले जन्माई रहेको छ । कतिपय किसानहरूले आर्थिक सहयोग पाए पनि ज्ञान नपाउँदा कृषि व्यवसायमा सफल बनेका छैनन् भने कतिपय किसानले सिप भएर पनि आर्थिक सहयोग नपाउँदा व्यवसाय गर्न बाट वञ्चित छन् ।
तर, हेफरले किसानहरूलाई आर्थिकदेखि ज्ञान सिप, बजार, ढुवानीका साधन, प्राविधिक सबैको व्यवस्था गरिदिएको छ । जसले गर्दा कृषि व्यवसाय प्रति किसानको आकर्षण बढ्दो छ । त्यसैले पनि नेपालमा आधुनिक र परम्परागत कृषिबिचको मतभेद चलिरहँदा नेपालमा हेफर मोडल उत्कृष्ट हुने देखिन्छ ।
हेफरले विशेष गरेर साना किसानले गर्दै आएका कृषि कर्मलाई नै आधुनिकीकरण गर्ने उद्देश्यले काम गर्दै आएको छ । हाल गरिँदै आएको खेतीमा मल, बीउ, माटो सुधार गरी उत्पादन र उत्पादकत्व बढाउनु, गरिआइएको पशुपालनमा थप सुधार गर्दै उत्पादनको गुणस्तरीयता काम गर्ने र सो उत्पादनलाई सिधै बजार पु¥याउने मोडेलमा हेफरले काम गरेको छ ।
हेफर आफैले विकास गरेको यो मोडेललाई स्थानीय कृषक, व्यवसायी, स्थानीय तहका सरकारी तथा गैरसरकारी निकाय लगायत नीति निर्मातालेले पनि सफल मानेका छन् ।
हलोखबरबाट