नेपाल पर्यटन बाेर्डले सन् २०२४ मा ११ लाख ५० हजार विदेशी पर्यटक नेपाल भित्रिएकाे जनाएकाे छ। बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपक जाशीले यस वर्ष ११ लाख ५० हजार पर्यटक नेपाल भित्रिएकाे बताएका हुन्।
जाेशीका अनुसार २०२४ काे डिसेम्बर ३० तारिखसम्म ११ लाख ४७ हजार भित्रिएका छन्। बाँकी एक दिनमा ३ हजार पर्यटक भित्रिने अनुमान प्रस्तुत गर्दै जाेशीले यस वर्ष नेपालमा भित्रिने पर्यटककाे संख्या ११ लाख ५० हजार हुने बताए।
अघिल्लाे वर्षकाे तुलनामा याे संख्यामात्रै १ लाख १३ हजार बढी हाे। सन् २०२३ मा १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपेक्षाअनुसार नेपालमा पर्यटक आउन नसकेकाे बताएकाे छ। पर्यटन राज्यमन्त्री अरुणकुमार चाैधरीले याे संख्या निकै कम भएकाे बताए।
‘वर्षमा १२-१५ लाख पर्यटक आउनु भनेकाे सामान्य कुरा हाे। चीन र भारतजस्ता विशाल देशहरूकाे बिचमा रहेकाे हाम्राे देशमा याे संख्या निकै कम हाे’, राज्यमन्त्री चाैधरीले भने। नेपालमा वर्षमा ३५ लाख भन्दा बढी पर्यटक आउनु पर्ने उनकाे भनाइ छ।
उनले नेपालमा पर्यटनकाे सम्भावना राम्राे भएपनि राज्य आवश्यकता अनुसार काम गर्न नसकेकाे स्वीकार गरे। नेपालकाे हवाई र यातायता प्रणाली राम्राे नहुँदा समस्या भएकाे उनकाे भनाइ छ।
त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले राज्य पर्यटक भित्र्याउनमा चुकेकाे बताए।
‘नेपालमा १२-१३ लाख मात्रै पर्यटकमात्रै भित्रिनुलाई त्यति राम्राे मान्न सकिँदैन। प्रचारप्रसारमा राज्यले समयअनुसार काम गर्न सकेन’, उनले भने।