काठमाडौँ। सोलुखुम्बुमा जन्मिएका चतुर तामाङ हिमाल आरोही हुन्। नेपालका अधिकांश हिमाल आरोहण गरिसकेका चतुर युरोपको एलब्रुस हिमाल सबैभन्दा धेरैपटक आरोहण गर्ने पहिलो नेपाली बनेका छन्।
आफ्ना दाजुहरूको संगतले किशोरावस्थामै काठमाडौँ आएर कूक ब्वाई हुँदै ट्रेकिङ गाइड बनेका चतुरले सन् १९९७ मा पहिलोपटक हिमाल आरोहण गरेका थिए। तीन वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गरिरहेका चतुर त्यतिबेला भारतको लदाखमा पर्यटक लिएर पुगेका थिए। त्यसक्रममा हिमाल चढ्न पुगेका एकजना पर्यटक बिरामी भए। ती बिरामी पर्यटकको जिउ चतुरसँग मिल्दो थियो।
गाइडको काम गर्दा हिमाल आरोहण गर्ने रहर लागेपनि आरोहणका लागि चाहिने सामान अभावले उनले कुनै आँट गरेका थिएनन्। तर, त्यसदिन चतुरले आफ्नो रहरलाई दबाउन सकेनन्। र, भने– ‘यी बिरामी पर्यटकका लुगा लगाएर हिमाल चढ्छु’।
टोलीको नेतृत्व गरेका दाइले अनुमति दिएपछि चतुर ती बिरामी पर्यटकका सामान प्रयोग गरेर पहिलोपटक हिमाल चढे। त्यसपछि चतुरमा हिमाल चढ्ने आँट र मोह बढ्यो। त्यसयता कहिले आरोहीको रुपमा त कहिले गाइडका रुपमा उनले धेरै हिमाल चढेका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा, कन्चनजङ्घा, अन्नपूर्ण, मकालुलगायत हिमाल चढेर आरोहीको परिचय बनाएका उनले नेपालको पर्यटन क्षेत्रमा गाइड र प्रर्वद्धकका रुप्मा धेरै काम गरेका छन्।
कठिन सङ्घर्ष र केही संयोगले जीवनमा थुप्रै सफलता हासिल गरेका चतुरसँग नेपाली पर्यटन क्षेत्रको विषयमा धेरै ज्ञान छ। एभरेस्ट पेडियासँग चतुरले सुनाएका आफ्ना जीवनका अनुभव, हिलाम र हिमाल आरोहणका कुरा यहाँ प्रस्तुत छः