भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट ‘मध्यपुर महोत्सव’ हुँदैछ।
मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ गर्न लागिएको बताएका छन्।
‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि महोत्सव गर्न लागिएको हो। २६ वर्षपछि आयोजना गर्न लागिएको महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्छौं,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राख्ने छौं। महोत्सवमा यहाँ विभिन्न २५ प्रकारका नाचहरु महोत्सवमा देखाइने छ भने माटाका भाँडा बनाउने कला प्रदर्शनी पनि हुनेछ।’
मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ। उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो। त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ। भने, अरु सबै रका स्थानीय विद्यालय, सहकारी लगायतको प्रायोजन हो।’
महोत्सवमा विभिन्न २६ प्रकारका प्रदर्शनी गर्ने तयारी गरेको महोत्सवमा नगरका विभिन्न स्थानमा करिब चारसय स्टल रहने छन्।
मेयर श्रेष्ठका अनुसार महोत्सवमा प्रति स्टलको टिकट मूल्य एक हजार रुपैयाँ तोेकिएको छ भने प्रवेश शुल्क निशुल्क छ। यही पुस १२ देखि हुने ’मध्यपुर महोत्सव’ १४ पुषसम्म संचालन हुनेछ।