सिड्नीमा बसोबास गर्ने नेपालीहरूले घरजग्गा किन्नु वा बेच्नु प¥यो भने सबैभन्दा पहिला सम्झने नाम हो, मल्टी डायनामिक रियल स्टेट कम्पनी। यस कम्पनीका अध्यक्ष हुन्, मेघराज पौडेल।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दिका मेघराजले आज जुन सफलता प्राप्त गरेका छन्, त्यो साँच्चिकै लोभलाग्दो छ। झण्डै एक दशकअघि सिड्नीलाई कार्यक्षेत्र बनाएर सुरु गरिएको रियल स्टेट व्यवसायलाई उनले अस्ट्रेलियाका अरु शहरहरूमा समेत फराकिलो बनाउन लागेका छन्। सुरूका दिनमा नेपालीका माझ लोकप्रिय रहेको उनको कम्पनी आज भने एसियाली माझ लोकप्रिय बन्दै गएको छ।
नेपालबाट सन् २००९ मा अस्ट्रेलिया पुगेपछि उनले धेरैतिर काम गरे। तर करियरको सुरुवातदेखि नै उनको मन भने रियल स्टेटमै थियो। नेपालमा छँदै रियल स्टेट उनलाई मन पथ्र्यो। अस्ट्रेलिया पुगेपछि उनले त्यसैलाई करिअर बनाउन पढ्न थाले।
त्यतिबेला उनको पिआर पनि भैसकेको थियो। सन् २०१७ देखि मल्टि डायनामिक नामबाट नेपाली समुदाय माझ रियल स्टेटमा एकछत्र छाइरहेका मेघराजको कम्पनीका सातवटा शाखा मार्फत् ८७ जनाले काम गरिरहेका छन्। पौडेलसहित अरु दुईजना साझेदार मिलेर मल्टी डायनामिक कम्पनी सुरु गरेका हुन्।
उनको व्यवसायिक यात्रा
उनी दुई दशकअघि गाउँकै शिक्षक थिए। पछि कलेज पढ्ने सिलसिलामा वि.सं. २०५९ सालमा पहिलो पटक काठमाडौं आइपुगे। उनी बिहान कलेज पढ्थे। दिउँसो एउटा प्राइभेट कम्पनीमा काम गर्थे। कम्पनीका तीन जना साझेदार थिए। उनीहरूको तडकभडक गज्जबको थियो। सबै महङ्गो गाडी चढ्थे।
एकदिन एउटा डकुमेन्टमा हस्ताक्षर गर्नुपर्ने भयो, साझेदार मध्येका एकको कोठामा पुगे। ती मालिकलाई आफ्नै नाम लेख्न पनि सकस परेको देखेर मेघराज छक्क परे। ‘अहो पढ्दैनपढेका मान्छेले पनि बिजिनेस गर्न सक्ने रहेछन् भने म त पढेको मान्छे’, उनले मनमनै भने, ‘म पनि पनि बिजिनेस गर्न सक्छु।’ उनमा आत्मविश्वास पलायो।
त्यसबेला काठमाडौंमा चोकचोकमा ट्युसन सेन्टर थिए। उनलाई एकजना साथीले लगानी बिना नै साझेदारी गर्न आग्रह गरे। उनका लागि यो गज्जबको प्रस्ताव थियो। उनले पनि साथीसँग मिलेर ट्युसन सेन्टर चलाए। छोटो समयमा उनको ट्युसन सेन्टरमा विद्यार्थी ओइरिए। उनी बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म पढाउँथे।
उनले माइलो भाइलाई गाउँबाट बोलाएर कम्प्युटर सिक्न लगाए। यसपछि सरस्वती क्याम्पस छेउमा डायनामिक इन्ष्टिच्युट नामको भाषा तथा कम्प्युटर इन्ष्टिच्युट चलाए। राम्रा शिक्षक राखे। त्यही बेला उनको विवाहको कुरा चल्यो। उनले २०६२ सालमा विवाह गरे। विवाहपछि उनकी पत्नीले भाषा पढाउन थालिन्। त्यो बेला ब्रिजकोर्स गर्ने चलन ह्वात्तै बढ्यो। श्रीमतीले अस्ट्रेलियाको भिसा अप्लाई गरिन्। अनि त सपरिवार उड्ने मेसो मिलिहाल्यो। जिन्दगीले कोल्टे फे¥यो। उनीहरू परदेशिए।
दुई छोरा र पत्नीका साथ सिड्नीमा बस्दै आएका पौडेलले अहिले मल्टी डायनामिक रियल स्टेट कम्पनीका माध्यमबाट उच्च व्यवसायिक सफलता प्राप्त गरेका छन्।
नेपाल बाहिरका नेपालीका लागि मेघराज प्रेरणास्रोत बनेका छन्। मिहिनेतको फल नै उनको सफलताको शूत्र हो। भन्छन्, ‘व्यावसायिक सफलता भनेको अथक मिहिनेत र लगनशीलताबाट प्राप्त हुँदो रहेछ।’
अस्ट्रेलियामा चम्केका मेघराजलाई शुभकामना !