काठमाडौं। नेपाली चलचलित्र बक्स अफिसमा उत्कृष्ट व्यपार गरेको चलचित्र पूर्ण बहादुरको सारङ्गीका प्रमुख पात्र विजय बराल पुनः एक पटक ‘हरि हजुरबा’ नाटकमा देखिने भएका छन्।
आगामी बिहीबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा कलकार नाजिर हुसेनको लेखन तथा निर्देशन रहेको नाटकमा बरालले अभिनय गर्ने भएका हुन् ।
गृहयुद्धको जटिल मानवीय परिवेशलाई कथा र अभिनयमार्फत गहिरो संवेदनशीलताका साथ चित्रण गर्ने बताइएको छ।
नाजिर हुसेनको लेखन, परिकल्पना र निर्देशनमा निर्मित यस नाटकले हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथालाई केन्द्रमा राखेको छ। कविताबाट प्रेरित यस नाटकले द्वन्द्वका क्रममा भएका घाउहरूमा मलम लगाउने सामाजिक सन्देश दिने प्रयास गर्ने अपेक्षा गरिएको छ।
नाटकमा विजय बरालका अलवा नाजिर हुसेन, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतले अभिनय गर्नेछन्। दयाहाङ राई र बुद्धि तामाङले नाटकको निर्माण गरेका छन्।
पुस ४ देखि २८ गतेसम्म सोमबारबाहेक दैनिक साँझ ५ः१५ बजे र शनिवार दिउँसो १ बजे यो नाटक हेर्न सक्नेछन्।
सम्पर्कः ०१–५२४५१४७, ९८४२४८२५१८