काठमाडाैं। फोटो सर्कल को नदीनाला कसका शिर्षकमा प्रदशनी सुरु भएको छ । प्रदशनी नेपाल कला परिषदमा यहि मसिर २८ गते देखि पुस ७ सम्म चल्ने छ। फेलोशिप कार्यक्रममा तयार पारिएको फोटोग्राफी, चलचित्र लगायत अन्य सामाग्री हरु पनि प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा सामेल नी कथावाचकहरूले हामीलाई प्रगतिबारे प्रचलित भाष्य के छ, त्यसलाई व्यक्ति, समुदाय तथा राष्ट्रराज्यका हैसियतमा हामीले कति र कुन प्रकारले स्वीकारेका छौं र यस भाष्यलाई आत्मसात गर्नाले हाम्रा नदीनाला, हाम्रा वनजंगल र हाम्रा जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गर्न आग्रह गर्दछन् ।
‘मेरो फिल्म उदयपुरको जोगीदहमा एअरपोर्टको नाममा सामाजिक वनमा भएको विनाशको कथा हो। एक हिसाबले यो नेपाल भरी के कथा हो, फेलो दीपा श्रेष्ठ भन्छिन्। अर्को फेलो सारा दुनिच कोइव आफू भित्र रहेको अन्तर्द्वन्दले पाथिभारा मुक्कुमलुङ को सङ्घर्ष को कथा भन्न प्रेरित गरेको बताउँछिन् । 'अहिलेको संसार तीव्र गतिमा गईरहेको छ। हामी प्रकृति नियममा बाच्न फेरि सिक्नु पर्ने छ।' उनले भनिन्।
फेलोशिप कार्यक्रम अन्तर्गत हरेक फेलोले एक जना मेन्टरसगँको सल्लाहमा आफ्नो प्रस्तुतिको निर्माण गरेका थिए। 'बस प्रदर्शनीमा फेलोहरूको कामले 'विकास र समृद्धिू का विभिन्न दृष्टिकोणहरू अन्वेषण गर्छ, जुन नेपाल सरकारका नीति निर्माणका केन्द्रबिन्दु हुन् । बसको आलोचना गर्न जरूरी भइसकेको छ।' बुनु ढुङगाना, फेलोशिपको एक मेन्टरले भने ।
'हाम्रा नदीनाला, हाम्रा वनजंगल र हाम्रा जमिन यति रफ्तारमा नाश हुँदैगर्दा हाम्रो आहार, हाम्रा अन्तरंग गीत, जीवनमरणका हाम्रा संस्कार र हाम्रो जमिनसँग यतिधेरै जेलिएका हाम्रा संस्कृतिहरूको नियत्ति के हुनेछर?' प्रदर्शनीको प्रचन्धक नयनतारा गुरुङ कक्षपति भन्छन्।
प्रद्शनमा सहभागी कलाकारहरू अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा दुनिय कोइव, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, संजय अधिकारी र श्रीना नेपाल छन। प्रदर्शनीमा अमन शाहीको इमिङ कार्यशाला, प्रियंका तुलाचनको थकाली खाना पकाउने कार्यशाला, कैलाश राई र सारा दुनिच कोइन को छलफल र प्रदशनीको निर्देशित भ्रमणहरू पनि छन् ।
फोटो सर्कल २००७ सालमा स्थापना भएको काठमाडौँमा आधारित कलाकारहरूद्वारा सञ्चालित संस्था हो, जसले दृश्य कथाकारहरू, अनुसन्धानकर्ताहरु, शिक्षकहरू, र सांस्कृतिक उत्पादकहरूलाई खोतकर सरयाको प्रदान गर्दछ। फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरी सञ्चालन गर्दछ, जसले नेपालको विविध इतिहासहरूलाई दस्तावेजीकरण गर्छ।