पर्वत। म्याग्दी र पर्वत जिल्लाको सङ्गम बेनीबजार नजिकै स्थानीय उद्यमी कृष्ण केसीले एउटा अत्याधुनिक होटल सञ्चालनमा ल्याएका छन्। म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ घुम्ने पर्यटकका लागि स्वदिलो खाना खुवाएर आरामदायी बास बसाउन खोलिएको होटल, ‘ज्ञान गौरी प्यालेस।’
जलजला गाउँपालिका– ३, पर्वतमा खेलिएको होटलमा ४१ कोठा छन्। स्विट रूम, स्ट्यान्डर्ड रूम र हनिमुन रूम। कोठाको मूल्य दुई हजारदेखि १० हजार रूपैयाँसम्म पर्छ। वि.सं. २०८१ वैशाख १ गतेदेखि सञ्चालनमा आएको होटल। शुभारम्भका अबसरमा छुट समेत पाइन्छ।
‘३० करोड रूपैयाँ खर्च भइसक्यो’, होटल सञ्चालक केसी भन्छन्, ‘हामीले धौलागिरि क्षेत्रकै नमूना होटल बनाएका छौं।’
होटलमा लिफ्ट सुबिधा छ। चाँडै स्विमिङ पुल थपिँदैछ। तालिम, छलफल र गोष्ठी चलाउन हल सुबिधा छ। साथै शुभकार्यका लागि २५० जना क्षमताको व्याङ्क्वेट हल पनि छ। यहाँ नेपाली, चीनियाँ, भारतीय र कन्टिनेन्टल परिकार पाइन्छ। त्यसबाहेक असला माछा, सुकुटी र अरिङ्गाल पनि विशेष हुन्छ।
जीवनसाथी अनिताका साथमा कृष्ण केसी
होटलमा १५ जना रोजगार छन्। साथै कृष्ण, उनकी जीवनसाथी अनिता र छोराबुहारी अशेष र इशु पनि व्यवस्थापनमा सक्रिय छन्। यसरी केसी परिवारले जन्मथलोमा अत्याधुनिक होटल खोलेर पर्यटनमा नयाँ आयाम थपेको छ।
-1733385357.jpg)
‘यस्तो आर्थिक मन्दीका बेलामा पनि कृष्ण दाइले यति ठुलो लगानी गरेर राम्रो होटल बनाउनु भएको छ’, म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘यसले म्याग्दी र पर्वतलाई मात्र होइन, समग्र धौलागिरि क्षेत्रकै पर्यटन विकासमा टेवा पु¥याउने छ।’
सम्पर्क:
होटल ज्ञान गौरी प्यालेस
जलजला गाउँपालिका–३, पर्वत
फोन: ९८५७६४००७२
केसी परिवार
-1733385361.jpg)
-1733385361.jpg)
-1733385360.jpg)
-1733385360.jpg)
-1733385356.jpg)
-1733385354.jpg)
-1733385354.jpg)
-1733385356.jpg)
-1733385355.jpg)