सामाजिक अभियन्ता महावीर पुन नेपालीका प्रिय अगुवा हुन्। विगत ६ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र मार्फत स्वदेशका युवालाई आविष्कार र नवप्रवर्तनको अबसर दिलाएर उनले स्याबासी पाएका छन्। अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा राज्यले लगानी गर्नुपर्दछ भन्ने जनमत तयार पार्न उनी सफल भैसके। सरकार भने कानमा तेल हालेर बसेको छ।
काठमाडौंको कीर्तिपुरमा आविष्कार केन्द्र सञ्चालित छ। यहाँ युवाहरू दिनदिनै नवनिर्माणमा जुटिरहेका छन्। ‘आबिष्कारका क्षेत्रमा संसारमै करिब १०–१२ प्रतिशत काममा मात्र सफलता मिल्छ’, केन्द्रका प्रमुख समेत रहेका पुन भन्छन्, ‘कुनै चिज बन्नेवित्तिकै सफल भएको मानिँदैन । त्यसले बजार पायो भने मात्र सफल हुन्छ।’
अनुसन्धानको अन्तिम चरण बजार परीक्षण हो। ग्राहकले मन पराए भने मात्र सफल भएको मानिन्छ। केन्द्रले बनाएका खुवा बनाउने मेसिन, मकै भुट्ने मेसिन, बाँसबाट सिन्का बनाउने मिसिन, टपरी बनाउने मिसिनलगायत करिब डेढ दर्जन उत्पादन बजारमा परीक्षण भइरहेको छ।
-1733308738.jpg)
केन्द्रले स्वीकृत गरेका योजनामा काम गर्दा खाना, खाजा र बासको व्यवस्था मिलाउँछ। आवश्यक सामग्रीको व्यवस्थापन गरिदिन्छ। त्यसैले आइडिया भएका जो कोहीले निर्धक्क आविष्कार केन्द्रमा सम्पर्क गर्न सक्छन्। आविष्कार केन्द्र आफ्नै गतीमा छ। महावीर भने आत्मकथाको पुस्तक बेच्दै देश दौडाहामा निस्केका छन्। सरकारले वीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दियो। तर, मर्मत र सञ्चालन खर्च दिएन। त्यसैले रातारात महावीरले आत्मकथा लेखे। र, त्यसलाई बेच्दै हिँडे।
-1733308738.jpg)
‘पुस्तक बेचेर आएको रकमले कृषि औजार कारखाना सञ्चालन गर्ने हो’, उनी भन्छन्, ‘करिब डेढ लाख प्रति बिक्री भैसक्यो। तीन लाख प्रति पुस्तक बेच्ने योजना छ।’ नेपाली जनसङ्ख्याको एक प्रतिशतले मात्र किताब किन्दा पनि तीन लाख प्रतिभन्दा बढी बिक्ने उनको योजना छ। जनताले पनि राम्रो साथ दिएका छन्। उनी जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ जनस्तरबाट भव्य सम्मान भइरहेको छ।
यसै सन्दर्भमा आविष्कार केन्द्र र पुस्तक बिक्री अभियानबारे सामाजिक अभियन्ता पुनसँग एभरेस्ट पेडियाले भिडियो कुराकानी गरेको छ।
-1733308737.jpg)
-1733308736.jpg)
-1733308736.jpg)