मुस्ताङ। मुस्ताङको चर्चित गाउँ मार्फामा जन्मेहुर्केका दलबहादुर हिराचनले करिब १२ वर्ष पर्यटकीय नगरी पोखराको लेकसाइडमा ‘मार्फा थकाली किचन’ चलाए। रेस्टुराँ राम्रोसँग चल्दै थियो । कोभिड–१९ ले बिथोल्यो। उनी पनि मारमा परे।
कोभिडपछि मार्फामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गयो। उनले गाउँमै होटलको सम्भावना देखे। त्यसैले मार्फामा फर्के। एउटा आधुनिक होटल बनाए, ‘होटल रोयल मार्फा एन्ड थकाली किचन’।
-1733216536.jpg)
तीन महिना भयो, होटल सञ्चालनमा आएको। यसमा १५ कोठा छन्। ५ जनाले रोजगारी पाएका छन्। थकाली परिकार यहाँका विशेषता हुन्।
‘हाम्रोमा दुई हजारदेखि ३५ सय रुपैयाँ मूल्यका कोठा छन्’, ६० वर्षे हिराचन भन्छन्, ‘एकै पटक ५० जना बास बस्न सक्छन्। हामी होटलको क्षमता बिस्तार गर्ने योजनामा छौं।’
-1733216538.jpg)
बेनी–जोसोम सडक मार्गमै जोडिएको छ उनको होटल। त्यसैले मुक्तिनाथ, उपल्लो मुस्ताङ, धौलागिरि राउन्ड र अन्नपूर्ण सर्किट पदयात्रा गर्नेहरू मार्फामा एक रात बस्न रुचाउँछन्।
मार्फामा घुम्नलायक, गुम्बा, गुफा, स्याऊ बारी, गल्ली र पुराना घर छन्। थकाली सभ्यता र संस्कृतिका लागि मार्फा उपयुक्त गन्तव्य हो।
सम्पर्क:
होटल रोयल मार्फा एन्ड थकाली किचन
मार्फा, मुस्ताङ
सम्पर्क: ९८५६०५६४४६
-1733216540.jpg)
-1733216540.jpg)
-1733216539.jpg)
-1733216538.jpg)
दलबहादुर हिराचन
-1733216537.jpg)