पाल्पा । प्रेमको प्रतिक नेपालको एक मात्र दरबार जुन राजा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा बनाइदिएका थिए । कहाँ होला यो ? को को पुग्नु भएको छ? । रानीमहल भनेर चिनिने यो प्रतिक १३० वर्षदेखि कालीगण्डकी किनारको एक चट्टानमा अवस्थित छ ।

विक्रम संम्वत् १९५० मा पाल्पा गौडाका तैनाथवाला खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण शुरु गरेका थिए । विसं १९५० मा शिलान्यास गरेर १९५४ मा कालीगण्डकीको तटमा दरबार बनाएका हुन् । पश्चिमी कला कौशलको बेजोड नमूनाले संगारेर महल बनाइएको छ ।
-1732271038.jpg)
पौराणिक तथा एतिहासीक कुराले भरिपूर्ण यो दरबार नेपालको पश्चिमी जिल्ला पाल्पामा पर्दछ । रानीमहलमा के छ त रु सबैको मनमा आउने प्रश्न यही हो । तानसेनदेखि २० मिनेटको यात्रामा पुग्न सकिन्छ रानीमहल । तानसेनदेखि करीब १४ किलोमिटरको दूरीमा अवस्थित छ यो दरबार ।
-1732271050.jpg)
हिँड्न रुचाउनेहरुको लागि तानसेनदेखि पदमार्ग पनि निर्माण गरिएको छ । रानीमहल पुग्नु भन्दा अगाडि अलिमाथिबाट सुन्दर कालीगण्डकी देख्न शुरु हुुन्छ र त्यसको छेउँमा रानीमहल अडिग देखिन्छ ।मुस्ताङ्गबाट बग्दै आएको कालीगण्डकी धार्मिक तथा पर्यटकीय हिसाबले एकदम महत्वपूर्ण छ ।
-1732271048.jpg)
रानीमहल पुगिसकेपछि सिँढी चढेर माथितिर लाग्नुपर्छ । माथि पुग्ने बित्तिकै गेट छिर्न भन्दा पहिला दुवैतर्फ घोडा बाँध्ने ठूला ठूला तबेलाहरु देख्न सकिन्छ । गेटबाट छिरेर माथितर्फ लाग्दा दुवैतिर शिव भगवानका मन्दिरहरु देख्छौँ । त्यहाँबाट ५–६ सिँढी माथिथी उक्लेपछि दरबार पुगिन्छ । दरबार पुग्नासाथ अगाडि ठूला ठूला माछाका पोखरी देख्न सकिन्छ र गण्डकीतर्फ एउटा ठूलो बुर्जा देख्छौँ त्यहाँबाट सुन्दर कालीगण्डकी साथै पूरा दरबारको दृश्य देख्न सकिन्छ ।
-1732271050.jpg)
पहिला रातो छाना र निलो रङ्ग भएको दरबार पुनः पुरानै शैलीमा ल्याइएको छ जुन रातो छाना र दरबार पूरै सेतो गराइएको छ ।तीन तले रानीमहलमा ११ वटा कोठाहरु छन । पश्चिमी शैलीमा निर्माण भएको दरबारका कोठाहरु निकै ठूला छन् । दरबारको दोस्रो तलाको अगाडि भागकोबीचमा ठूलो बार्दली छ । त्यहाँबाट दरबार परिसरको साथसाथै उत्तर बाहिनी कालीगण्डकी बगेको देख्न सकिन्छ ।
-1732271055.jpg)
दरबार छिर्नासाथ बायाँ कोठामा राजा खड्ग शमशेर र रानी तेजकुमारीको पेन्टिङ चित्र बनाएर राखिएको छ । जुन चित्र बनाउन राजाको पुस्ताको नातेदारबाट झिकाएर बनाइएको हो । काठैकाठको भर्याङबाट माथितिर लागेपछि दोस्रो तलामा पुुग्दा बायाँतर्फ ठूलो सभा हल र दायाँतर्फ मिनी संग्रहालय छ । रानीमहल दरबारबाट हराएका पुरातात्विक सामग्री १ सय ६६ थान फिर्ता लिएर त्यसलाई नै मिनी संग्रहालयको रुप दिइएको छ । मिनी संग्रहालयमा तस्बिर लिन भने मनाही गरिएको छ ।
-1732271042.jpg)
सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तर्गत तानसेन नगरपालिकाले निजी क्षेत्रलाई दिन प्रक्रिया अघि बढेको पाल्पाको प्रमुख पर्यटकीय क्षेत्र रानी महलमा मिनी संग्रहालय निर्माण गरिएको छ । तानसेन नगरपालिकाको लगानीमा निर्माण भएको मिनी संग्रहालयले पर्यटकको आर्कषण बढाएको छ ।
रानीमहललाई रातीमा हेर्न मिल्ने गरी लाइट जडान गरिएको छ । रातीमा पुग्ने पर्यटकले टाढैबाट रानीमहल देख्न सकुन् भनेर बिजुली बत्तीको व्यवस्था गरिएको छ । रानीमहल वरपर विभिन्न होटलहरु पनि थपिँदै जाँदा पर्यटकहरु क्याम्पिङ बसेरमात्र जाने गर्दछन् ।
थप तस्बिरहरु
-1732271035.jpg)
-1732271038.jpg)
-1732271039.jpg)
-1732271041.jpg)
-1732271043.jpg)
-1732271044.jpg)
-1732271047.jpg)
-1732271045.jpg)
-1732271052.jpg)
-1732271053.jpg)
-1732271060.jpg)
