पाल्पा। पाल्पाको दोभानस्थित भूतखोला झरना पार्क पर्यटकहरुको लागि आकर्षक गन्तव्य बनेको छ। विशेषतः बुटवल, भैरहवा र भारतका पर्यटकहरूका लागि झरनाको प्राकृतिक सौन्दर्य र गर्मीबाट राहत पाउनका लागि यस क्षेत्र निकै लोकप्रिय भइरहेको छ। आगन्तुकहरू सहर-बजारको भिडभाडबाट टाढा, हरियाली वातावरणसँगै झरनामा रोमाञ्चक समय बिताएर फर्किन्छन्।

स्वदेशी नागारिको लागि टिकेट दर रू २० छ भने सार्क देशका नागरिकलाई रू ५० राखिएको छ । त्यस्तै क्यामेरा सु्ल्क रू ५० र ड्रोन क्यामेरा रू ५०० को लागि ५०० तोकिएको छ। फिल्म , डकुमेन्ट्री, छायाङ्कन शुल्क रू २००० छ । साथै ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा १० वर्ष मुनिका बालबालिकाको लागि निशुल्क गरिएको छ ।

सिद्ध सरोबर झरना तथा व्यवस्थपानका पार्कका कर्मचारी टुक बहादुर दिसा मगरका अनुसार छुट्टीको दिन र शनिबार पार्क तथा झरना भ्रमण गर्नेको भिड लाग्ने गरेको बताए। अधिकांस पर्यटक छिमेकी राष्ट्र भारतको युपी राज्यबाट भ्रमण गर्छन। शनिबार, आईतबा।, र वुधबार मुख्यगरि आगन्तुकहरको घुइँचो लाग्ने बताए । साथी-भाईको समुह, विद्यार्थी , परिवारहरु भ्रमणमा आउने गर्छन । भारतिय नागरिकहरु प्रि-वेडिङको फोटो तथा भिडियो शुटिङको लागि निरन्तर भ्रमण गर्ने मगरले बताए ।

पाल्पाको तिनाउ गाउँपालिका वडा न. ३ भूतखोलामा पर्यटक भित्राउने उद्देश्य सहित २०७२ सालमा सिद्ध सरोबर झरना तथा व्यवस्थपान पार्क सञ्चालनमा ल्याएको हो । भूतखोलामा रहेको प्राकृतिक झरनास्थलमा, पार्क, पुल , सिढि आदि संरचनाहरू निर्माण गरेर पर्यटकिय आकर्षकको केन्द्रको रूपमा विकास गरिएको भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकाले बताइन् ।

बुटवलदेखि करिब ७ किमी वुटवल-पाल्पा सडकको दोभान नजिकै रहेको यो रमणिय स्थल विषेशगरी भारतीय पर्यटकहरु भ्रमण गर्छन। बुटवल नजिकै सिद्धबाबामा सुरुङमार्ग बनेपछि दोभान, भूतखोला, लगाएका विभिन्न धार्मिक तथा पर्यटकीय गन्त्व्यमा पर्यटकहरुको आगमन बढ्ने आशा गरिएको छ ।





