म्याग्दी। ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडी पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । बिभिन्न जंगली फुलहरुले भरिएको मैदान । यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ ।
-1731736108.jpg)
गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङगको ढोरपाटन, रुकुमको भुःभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
-1731736110.jpg)
जलजलाम बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु । चराउन आउने गर्दछ्न । अरु समयमा म्याग्दी धवालागिरी लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्छन । बिगत लामो समय देखि ट्रेकिङ्ग गाइड गरिसकेका फुलमान गाइडको पेशा छोडेर आफ्नो ठाउँमा पर्यटकहरुलाई सुविधा दिन गोठमा बस्दै आएका छ्न । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । आएका पर्यटकलाइ पानी चियाले स्वागत गर्छन फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन ।
-1731736103.jpg)
‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उहाँले भन्नुभयो ‘जलजला आउने पर्यटकलाई यहा बस्न कुनै असुविधा छैन र आएर कुनै पश्छचपात नहुने वातावरण छ ।’लुलाङका विकले विगत ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ ।
-1731736100.jpg)
जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुदै तल्लो जलजला सम्म ५ देखी ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुदै खोरियासम्म गाडी मा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ ।
तस्बिरहरु :
-1731736102.jpg)
-1731736109.jpg)
-1731736105.jpg)
-1731736099.jpg)
-1731736095.jpg)
-1731736097.jpg)
-1731736096.jpg)
-1731736098.jpg)
-1731736098.jpg)