पोखरा। पोखरा पर्यटन परिषद्ले गण्डकी प्रदेशको पोखरामा एक विशेष समारोहको आयोजना गरी विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेका तेजेन गुरुङलाई सम्मान गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्तरूपमा २९ वर्षीय गुरुङलाई सम्मान गरे।
-1729591153.jpg)
पूर्व गोर्खा सैनिक गुरुङले सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालु, कञ्चनजंघा, नांगा पर्वत, जि वान, जि टू, ब्रोड पिक, के टू, मनास्लु, धौलागिरि, चोयू र शिसापाङमा हिमालहरूको सफल आरोहण गरेका छन्। यीमध्ये ८ वटा हिमाल नेपालमा, ५ वटा पाकिस्तानमा र एउटा चीनको टिबेतमा अवस्थित छन्।
-1729591156.jpg)
कार्यक्रममा बोल्दै मेयर आचार्यले गुरुङको यो उपलब्धिले गण्डकी प्रदेशको नाम उच्च बनाएको र नयाँ पुस्तालाई आरोहण क्षेत्रमा प्रेरित गर्ने बताए। परिषद्का अध्यक्ष पहारीले गण्डकी प्रदेशमा रहेका अन्नपूर्ण र धौलागिरि जस्ता अग्ला हिमालहरूको उपस्थितिले पदयात्रा र पर्वतीय पर्यटनको विकासमा थप जोड दिनुपर्ने आवश्यकता औंल्याए।
-1729591154.jpg)
स्याङ्जाको पेल्काचौर घर भई हाल पोखरा–१० मा बसोबास गर्दै आएका गुरुङको यो उपलब्धि नेपालकै लागि गौरवको विषय बनेको छ।
कार्यक्रममा चर्चीत अरोही मिङ्मा डेबिड शेर्पालाइ पनि खादालगाइ आसन ग्रहण गराइएको थियो।
