मानिसको हृदयको अनुभूति र बाह्य जगतको सांसारिक प्रभाव नै कलाको स्रोत हो। कला विविध मानव संस्कृतिको सुन्दरतम अभिव्यक्ति पनि हो। मानव सभ्यताको हजारौं वर्षको कालखण्डमा मानिसले आफूलाई अभिव्यक्त गर्ने कलाका विविध रूपहरू प्रयोगमा ल्याएको छ। मूर्तिकला, चित्रकला, सङ्गीत, काव्य, नृत्य आदि ललितकलाका विविध आयामहरू छन्। र, यिनीहरु कहीँ न कहीँ हामी, हाम्रो समाज, हाम्रा सन्ततिसँग प्रत्यक्ष–परोक्ष जोडिँदै आई पनि रहेका छन्।
तर, पछिल्लो समय विकासका नाममा चलिरहेका मानवीय गतिविधिले हाम्रा थुप्रै सामाजिक, सांस्कृतिक धरोहरलाई कङ्क्रिटमय बनाउँदै लगेको छ। प्राचीन सांस्कृतिक एवम् ऐतिहासिक धरोहर मानिने कला, संस्कृति, सभ्यता आदि लोप हुँदै गइरहेका छन्। यसले गर्दा हाम्रा पुर्खाले हजारौं वर्ष लगाएर आर्जेको ज्ञान सधैंका लागि मेटिँदै गइरहेको छ। विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु आवश्यक छ।
यही आवश्यकता महशुस गरी पर्वत कुश्मा बजारस्थित करिब ३०० वर्ष पुरानो घरलाई आधुनिकताको विकृत संक्रमणबाट जोगाएर पुरानो मौलिक स्वरुपमा पुनर्जीवन दिन कवि, सिर्जनशील फोटो पत्रकार एवम् संरक्षणकर्मी आरके अदीप्त गिरीले ’शताब्दी घर’को परिकल्पना गरेका छन्। यसको मूल उद्देश्य समाजलाई सचेत–सजग बनाउँदै सिर्जनात्मक बाटोमा डोहो¥याउँदै सांस्कृतिक विविधताहरुको संरक्षण गर्नु रहेको गिरी बताउँछन्।
देशदेशावर प्रकृति, संस्कृति, पुरातात्विक तथा मौलिक सम्पदाको खोजीमा हिँड्ने गिरी विगत दुई वर्षदेखि यही घरलाई संस्थागत विकास गर्न रातो दिन लागिपरेका छ्न। शताब्दी घरको मूल धेय समाजमा लुप्त भएका कला–संस्कृति र आफ्नोपनलाई सिर्जनात्मक बहस गरेर आफ्ना वरपरका विभिन्न सम्पदा जोगाउनु रहेको छ। पछिल्लो पुस्ताले बिर्सिंदै गएका मौलिक एवम् सांस्कृतिक महत्वका सम्पदालाई पुस्तान्तरण गर्नुसमेत यसको उद्देश्य रहेको उनि बताउछन्।
हिमालदेखि तराईसम्मको विविधतात्मक समाजमा रहेका कलाका सबै आयामलाई एउटै थलोमा समेट्ने, यसलाई लोकमञ्च बनाउने, सिर्जनाको परिवेश निर्माण गर्ने र समाजका हरेक युवाहरुले कलालाई नजिकबाट अध्ययन गर्न पाउने बनाउनु नै शताब्दी घरको मूलभूत उद्देश्य र अभियान दुवै हो। धुर र आनामा खुम्चिँदै रहेको समाजलाई स्वच्छ चिन्तन गर्ने ठाउँ अब दुर्लभ भइसकेको छ। यस्तो स्थितिमा शताब्दी घर उपयोगी साबित हुनेमा आफू आशावादी रहेको गिरी बताउछन्। ‘समाज, संस्कृति र सभ्यताको कथा एउटै साझा मञ्च ‘शताब्दी घर’ बाट बोलिनेछ।’
‘मानव सभ्यताको हजारौं वर्षको कालखण्डमा मानिसले आफूलाई अभिव्यक्त गर्ने कलाका विविध रूपहरू प्रयोगमा ल्याएको छ। मूर्तिकला, चित्रकला, सङ्गीत, काव्य, नृत्य आदि ललितकलाका विविध आयामहरू छन्। र, यिनीहरु कहीँ न कहीँ हामी, हाम्रो समाज, हाम्रा सन्ततिसँग प्रत्यक्ष–परोक्ष जोडिँदै आई पनि रहेका छन्। प्राचीन सांस्कृतिक एवम् ऐतिहासिक धरोहर मानिने कला, संस्कृति, सभ्यता आदि लोप हुँदै गइरहेका छन्। यसले गर्दा हाम्रा पुर्खाले हजारौं वर्ष लगाएर आर्जेको ज्ञान सधैंका लागि मेटिँदै गइरहेको छ। विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु आवश्यक छ’ गिरी चिन्ता व्यक्त गर्छन्।
खराब विकास गरिनु भनेको अत्याचार हो। सम्पदा मास्नु अपराध हो। हाम्रा पिता–पुर्खाको पसिनाले आज्र्याको लोक वास्तुकला हाम्रा अमूल्य सम्पत्ति हुन्, यिनको संरक्षण र जगेर्ना गर्न पाउँदा आफूमा चिन्ता र खुशी एकैपटक फूलेको उनि बताउछन्। ‘बाटो बनाउनु नै छ भने यस्तो बाटो बनाऔँ, जहाँ भोलि हाम्रा सन्तति ठेस लागेर लड्नु नपरोस् ! सबैमा आफ्ना कला संस्कृतिलाई संरक्षण गर्ने सद्बुद्धि पलाओस – गिरीको यही अपिल र अनुरोध छ।
हामी पनि आरके अदीप्त गिरी जस्तै आफ्नो समाज, संस्कृति र सभ्यता निर्माणमा एक–एक ईंटा बन्न सक्छौँ। सकारात्मक समाजको चिन्तन गरौँ।