नलाङबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ र दोर्जे लाक्पा हिमसशृङ्खला सहित दर्जनौ हिमाल देखिन्छ। शहरको कोलाहाल जिन्दगी र व्यस्त दैनिकीबाट मुक्त हुन ’श्रीवन नेचर क्याम्प’मा दुईचार दिन विताउन सकिन्छ।
– सुरेन्द्र राना मगर
पृथ्वी राजमार्गमा पर्ने धादिङको मलेखुबाट १५ किलोमिटर उत्तरमा छ, नलाङ गाउँ। डाँडामा विगत दुई दशकदेखि सञ्चालनमा छ, श्रीवन नेचर क्याम्प। सिद्धबाबा पहाड (१३५० मिटर) को काखमा अवस्थित क्याम्पको वातावरण एकान्त र आरामदायी एवम् शान्त छ।
दसैं नजिकिदै थियो, मेघराज नहर्की मामासँगै उज्जवल भाइ र म नलाङ पुग्यौं। मनसुन बिदा हुने तरखरमा थियो।
नलाङ मेरा लागि नयाँ गन्तव्य होइन, उज्वल भाइको पहिलो यात्रा। नलाङ पुग्दा झमक्क साँझ परिसकेको थियो। एकान्तमा पुग्दा मन शान्त भयो।
-1729501451.jpg)
अहो १ ३६० डिग्री हुस्सु र कुहिरोको घुम्टोमा डुबुल्की मार्दा उज्वल भाई निकै प्रफुल्लित थियो। काठमाडौंको उकुसमुकुस र हल्लाखल्ली वातावारणमा निसास्सिएको जीवनदेखि एक्कासी प्रकृतिको समीप खुला आकाशमुनि पुग्दा आनन्द अनुभूति भयो। मन फुरुङ्ग भयो। हामी एकछिन टोलायौं।
सामाजिक सञ्जालमा उनको अनुभव छचल्कियो, “मष्तिकलाई एकाग्र र शान्त बनाउने स्थान, सिद्धलेक ९१५३९ मि।०, जहाँबाट ९ जिल्लाका पहाडरु, २२० डिग्रीमा अन्नपूर्ण, मनास्लु हिमालय पर्वतमालाहरू, चारै दिशा ९३६० डिग्री० बाट रमणीय प्राकृतिक सौन्दर्य हेर्न र अवलोकन गर्न सकिन्छ।’
भोलिपल्ट सबेरै सूर्योदय दर्शनपछि चियाको चुस्की लिएर हामी उकालो लाग्यौ, सिद्ध लेकतिर। यहाँको छुटाउन नहुने गतिविधि हो, हाइकिङ। क्यामेरा र पानी बोकेर हामी सुस्तरी उकालो चढेयौं।
-1729501451.jpg)
बिहानीको ताजा मौसम। विस्तारै हाम्रा पाइला अघि बढ्दै गए। परपरका डाडाँपाखा, वस्ती घरि हिउँले ढाकिने त घरि उकारिने प्रक्रिया चलिरह्यो।
अहो ! कति रोमान्टिक बिहानी !
सधै कम्प्युटरको किबोर्ड र स्क्रिनमा घोत्लिने ह्याङ्गओभर जिन्दगी। स्वच्छ हावा र सुन्दर प्राकृतिक दृश्यमा हराउँदा अलौकिक संसारमा पुगेको भान भयो। तन र मन चंगा बन्यो।
शितल मौसम। माथि सिद्ध लेकमा पुग्नसाथ चारैदिशा आँखा घुमाइयो। अनि आँखा, क्यामेरा र मनले ननस्टप तस्बिर खिचिरहे। खिचिरहे।
मनसुनको अन्तिम बेला, जति हेरे पनि नअघाइने। मनोरम सेरोफेरो र चारैतिर हुस्सु। उत्तरतिर कुहिरोभित्र लुकामारी खेलेका हिमश्रृंखला, प्रेमिल जोडिका समूह जस्तै लजाउँदै– मुस्कुराउँदै हराइरहेका। हरियाली सफा भुदृश्य एकैछिनमा सरर भुईँकुहिरोले गाउँबस्ती, डाँडाकाँडा, खोलानाला छपक्क छोपिए। चिसो हावा सरर चल्यो, शरीर शितल भयो।
भोकतिर्खा नभनी हामी दुई भाइ सिद्धलेकको प्रकृतिको सागरमा डुबिरह्यौ।
०००००००
उमेरले ६ दशक पार गरेका मेघराज नहर्कीको पुख्र्यौली थलो, नलाङ। उनले सिद्धलेकको काखमा सन् २००१ मा ’श्रीवन नेचर क्याम्प’ खोले। गाउँमा दुःख थियो। नेपालका अधिकाँश पहाडी भेगमा रातदिन काममा घोटिँदा पनि खानलाउन धौधौ हुन्थ्यो। धानखेती गर्न उनका वुवाआमा उनी सानै छँदा चितवन वसाइँ सरे। यसरी धादिङ, गोर्खा, तनहुँ, लमजुङ तिरका धेरै मानिस तराई झरेका थिए।
३ जना बेलायती केटालाई भेटेको सन्दर्भ पनि उनले सुनाए। तिनको गोजीमा जम्मा ६ रुपैयाँ रहेछ। उनीहरु घर जान लागेका। यति पैसाल कसरी घर पुग्छौं भनेर सोध्दा एउटाले भनेछ, पोहोर दुई रुपैयाँ लिएर बेलायत गएका दुई साथीसँग उता पुग्दा १ रुपैयाँ त बाँकी नै थियो।
चितवनबाट १५ वर्षकै उमेरमा हाइस्कुल पढ्न उनी काठमाडौं पसे। तिनताका मध्य हिप्पी युग थियो। हिप्पीको मुख्य अखडा थियो, बसञ्तपुरको झोंछे। बिहान स्कुल पढ्दै र दिउँसो होटलमा काम गर्न थाले उनी।
हिप्पीहरु टनाटन हुन्थे। उनको संगत हिप्पीसँग भयो। त्यसैले उनीसँग हिप्पीहरुका अनेकन कथा छन्। अनुभूति छन्।
आधुनिकताबाट टाढा थियो, काठमाडौं। “एक रात सुतेको डेढ रुपैयाँ र दुई रुपैयाँमा दालभात पाईने वेला थियो त्यो’, उनले सुनाए। युवा मेघराज पढ्न भन्दा हिप्पी पर्यटकसँग हेलमेल भए।
-1729501452.jpg)
त्यो बेलामा पैसा देख्नै मुश्किल थियो। होटलमा काम गर्ने मेघराजसँग थुप्रै पैसा हुन्थ्यो। त्यसैले उनको मन पढाइमा गएन।
हिप्पीहरु खल्तिमा पैसा नभए पनि महिनौं दिन विन्दास पारामा नेपालमा घुम्थे। कथा सुन्दै रोमाञ्चक लाग्ने। प्रायः अमेरिकी, जर्मन, बेलायती र स्विस लगायत पश्चिमेली देशका पर्यटकको जमघट हुन्थ्यो, झोंछेंमा। महिनौ दिन लगाएर बस र ट्रकमा युरोपदेखि मेसिडोनिया, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आउँथे उनीहरु।
भिसा बिनै कति त महिनौं यतै बस्थे। न देशको चिन्ता न परिवारको। बिन्दास थिए, हिप्पीहरु।
हिप्पीहरूले १९६० र ७० को दशकमा समाजको प्रचलित मान्यताबाट टाढा रहँदै स्वतन्त्र जीवनशैली अपनाएका थिए, र यसलेउनीहरूको पहिरनमा पनि प्रतिविम्बित भयो। उनीहरूका लुगाहरू अक्सर रंगीन, सहज, र सांस्कृतिक रूपमा विविध हुन्थे, जसले व्यक्तिगत अभिव्यक्ति र विद्रोहलाई दर्शाउँथ्यो। कहिलेकाहीँ उनीहरु खाली खुट्टामा पनि वेपर्वाह हिँड्थे।
मेघराज मामाले ५ दशक अघिको काठमाडौं कथा सुनाउँदा हामी ध्यानमग्न बन्यौं। रात वितेको पत्तै भएन। उतिवेला उनले थुप्रै हिप्पीसँग संगत गरे, उनीहरुसँगै हाफपेन्टमै गोवासम्म पनि घुम्न पुगे।
कति हिप्पी दानी हुन्थे। उनीहरू आफ्ना लुगाफाटा, जुत्ताचप्पल सबै जोगीलाई दिन्थे। अनि खाली खुट्टा हिँड्थे। कति त रेस्टुरेन्टमा अरुको खाना खोसेर पनि खान्थे।
‘हिप्पीहरु सधै बम भोले, शिवजी, हिन्दु धर्म भन्न रुचाउथे। लामालामा दाह्री पाल्थे, चप्पल लगाउँथे, र शान्त वातावारणमा डुब्थे,’ मामाले भने, ‘मादल, सितार, गितार, तबला आदि बजाउँथे।’ विन्दास पारामा गाँजाको चिलिम तान्थे। धुवाँको मुस्लो छोड्थे।
-1729501452.jpg)
उनीहरु आफूलाई फुलहरुको सन्तान भन्थे। शान्ति र प्रेमका कुरा गर्थे। बिना भिसाका ओभरस्टे हिप्पीलाई पुलिसले काठमाडौंको थानकोट हुँदै वीरगञ्ज डिपोर्ट गथ्र्यो। तर पुलिस काठमाडौं आउनु अगाडि उनीहरु फेरि बसञ्तपुर आइपुग्थे।
उल्टो पुलिसलाई भन्थे, ‘यो राजाको देश हो, हामी शिव भक्त हौ। राजाको देशमा बस्न किन छुट छैन ?,’
मामासँग हिप्पी युगका कथा सुनेर हप्तौं विताउन सकिन्छ। ३५ वर्ष पछि एकजना अमेरिकी हिप्पी महिलासँग ओरेगनमा भेटेको प्रसंग पनि उनले सुनाए।
थुप्रै हिप्पी वसन्तपुर मन्दिर वरिपरी दिनभर घाम ताप्थे, जुम्रा मार्थे। कागज बालेर सानो भाँडामा चिया पकाएर खान्थे।
“अहिलेको मान्छेलाई त्यो कुरा गर्दा पत्यार लाग्दैन, युरोपियन अमेरीकीहरु पनि त्यस्ता हुन्थे भन्दा’, उनले हाँस्दै सुनाए।
यद्यपि सबै हिप्पी पैसा नभएका हुन्थेनन्। उनले एउटा प्रसंग सुनाए, ३ जना जर्मन नागरिकले मुठाको मुठा पैसा बाहिर बाँड्न पठाए, मैले तीन दिनसम्म पैसा बाँडें।
-1729501453.jpg)
कति हिप्पी दानी हुन्थे। उनीहरू आफ्ना लुगाफाटा, जुत्ताचप्पल सबै जोगीलाई दिन्थे। अनि खाली खुट्टा हिँड्थे। कति त रेस्टुरेन्टमा अरुको खाना खोसेर पनि खान्थे।
हरेक पूर्णिमामा स्वयंभु, पशुपति र दक्षिणकालीमा फुलमुन पार्टी हुन्थ्यो। मामा पनि पार्टीमा रमाउँथे।
ती हिप्पी नेपाल सरकारले बोलाएर वा प्रचार गरेर आएका होइनन्। बरु भारतीय र विदेशी लेखकले लेखेका मठमन्दिर र हिन्दु धर्मको प्रचारबाट प्रभावित भएर काठमाडौं आएका उनको अनुमान छ।
उनीहरु ओभरलैन्ड टुरमा महिनौं लगाएर नेपाल आउँथे। पैसा सकिएपछि पनि जेनतेन गुजारा चलाउँथे। कतिले सापटी माग्थे, कति चकलेट विस्कुट बनाएर बेचेर पनि बस्थे।
-1729501454.jpg)
जर्मन हिप्पीको संगत गर्दै उनी भारतको गोवा पनि पुगे। महिना दिन जति गोवाको समुन्द्री किनारको बालुवामा सुते। रमाइलोसँग दिन विताए। त्यहाँ उनले झोछेंमा भन्दा हरिकंगाल र विन्दास हिप्पी भेटे।
३ जना बेलायती केटालाई भेटेको सन्दर्भ पनि उनले सुनाए। तिनको गोजीमा जम्मा ६ रुपैयाँ रहेछ। उनीहरु घर जान लागेका। यति पैसाल कसरी घर पुग्छौं भनेर सोध्दा एउटाले भनेछ, पोहोर दुई रुपैयाँ लिएर बेलायत गएका दुई साथीसँग उता पुग्दा १ रुपैयाँ त बाँकी नै थियो।
उनी चकित परे। यस्ता धेरै किस्सा छन्, उनीसँग।
’नो प्रोब्लेम भन्दै केटाहरु निश्फिक्रि उल्टो कथा बताएका थिए। ३ जना मान्छे गोजीमा ६ रुपिया लिएर ’गोवा टु लण्डन’ जान तम्सेका केटाहरु।
नलाङ (१३५० मिटर) गाउँ, हाल सिद्धलेक गाउँपालिका, धादिङमा पर्छ। डाँडाबाट अन्नपूर्ण, मनास्लु, लाङटाङदेखि गौरीशंकरहिमालसम्मको लामो लर्कन देखिन्छ। साथै धादिङका गाउँबेसी उस्तै मनमोहक देखिन्छन्। नलाङमा क्षेत्रि, ब्राहमण, नेवार, गुरुङ, मगर, दलित समुदाय एक आपसमा मिलेर बसेका छन्। यस क्षेत्रमा खिरे गाउँ, पात्ले, आमकोट, फले, ठाँटि लगायतका गाउँ छन्।
झोछें हिप्पीको अखडा बनेका बेला ठमेलमा पर्यटन सुरु भएको थिएन। बरु त्यहाँ स्याल लुक्ने झाडी थियो। मेघराज मामालाई सपना जस्तै लाग्थ्यो ति पर्यटकका आनीबानी र दिनचर्याका कथा सुन्दा। सानैमा काठमाडौं छिरेका मेघराज मामाले होटल तथा रेष्टुराँमा काम गर्दै केहि वर्ष आफैले लज चलाएका थिए। पछि चितवनको सौराहामा ’जंगल लगुन रिसोर्ट’ सञ्चालन गरे।
मेघराज नहर्की
पर्यटन क्षेत्रमा थुप्रै वर्ष विताएका उनमा आफ्नो गाउँमा केही गर्ने सोच पलायो। पछि नगरकोट चर्चित भयो — पर्यटक नगरकोटमा हिमाल र सूर्योदय हेर्न पुग्थे। उनले सोचे, हिमालको लर्कन त आफ्नो गाउँबाट पनि देखिन्छ। यहि सोचको प्रतिफल करिव दुई दशक अघि ’श्रीवन नेचर क्याम्प’ स्थापना गरे।
उनी सामाजिक काममा पनि क्रियाशील छन्। उनले शिद्ध सेवा समाज संस्था खोले, र गाउँमै पहिलो पटक एम्बुलेन्स भित्र्याए। शिक्षामा काम गरे र स्वास्थ्य शिविर चलाए, थुप्रै समाज सेवाको काम गरे।
०००००००
नलाङ (१३५० मिटर) गाउँ, हाल सिद्धलेक गाउँपालिका, धादिङमा पर्छ। डाँडाबाट अन्नपूर्ण, मनास्लु, लाङटाङदेखि गौरीशंकरहिमालसम्मको लामो लर्कन देखिन्छ। साथै धादिङका गाउँबेसी उस्तै मनमोहक देखिन्छन्। नलाङमा क्षेत्रि, ब्राहमण, नेवार, गुरुङ, मगर, दलित समुदाय एक आपसमा मिलेर बसेका छन्। यस क्षेत्रमा खिरे गाउँ, पात्ले, आमकोट, फले, ठाँटि लगायतका गाउँ छन्।
-1729501455.jpg)
४५ मिनट हाइकिङ गरेर सिद्ध लेक (१५५० मि.) पुगिन्छ। त्यहाँ प्रसिद्द सिद्ध बाबाको मन्दिर छ जहाँ शिवरात्रीका दिन भव्य मेला लाग्छ। टाढाटाढाबाट भक्तजन भेला हुन्छ। खुल्ला मौसममा यहाँबाट ९ वटा जिल्लाको साथै धादिङका अनगिन्ती गाउँदेखिन्छ। हामीले भुईकुहिरोले छपक्कै हवाईजहाजबाट देखिए जस्तो मनोरम दृश्य अवलोकन गर्यौ। करिब ढाई घण्टा जति डाडाँ वरिपरी वितायौ।
फर्किदा छोटो बाटो, ढुंगाको खुड्किलो हुदै जंगलको बाटो हुदै ओरालो लाग्यौ। काठमाडौंदेखि विकेन्ड मनाउन उपयुक्त नजिकको गन्तव्य। ‘श्रीवन नेचर क्याम्प’ एक आरामदायी गाउँले रिसोर्ट। २० कोठामाएकै रात ४५–५० जनासम्म बास बस्न सक्छन्। १०० जना बढि अटाउने सेमिनार हल पनि छ।
-1729501589.jpg)
सहरको कोलाहलबाट मुक्त भएर तन र मनलाई स्फुर्ति जगाउन काठमाडौं नजिकको गन्तव्य हो, नलाङ। वरिपरिका गाउँ घुम्न शिद्ध लेक दर्शन गर्न र प्राकृतिक वातावरणमा आफूलाई बिर्सन एकपटक नलाङ घुमौं है।
कसरी पुग्ने ?
काठमाडौं–फुर्के खोला– बैरेनी पिच बाटो ७४ किमि। बैरेनी–नलाङ कच्ची बाटो १० किमी। काठमाडौंबाट धादिङबेसी जानेबसमा गएर बैरेनीमा ओर्लने। बैरेनीबाट जिपमा उकालिने।
सम्पर्कः
मेघराज नहर्की – ९८५१०२९८७४ , सन्देश नहर्की – ९८०३३४९४६९
-1729501590.jpg)
-1729501591.jpg)
-1729501591.jpg)
-1729501592.jpg)
-1729501593.jpg)
-1729501594.jpg)
-1729501594.jpg)
-1729501649.jpg)
-1729501650.jpg)
-1729501650.jpg)
-1729501652.jpg)
-1729501652.jpg)
-1729501654.jpg)
-1729501679.jpg)
-1729501679.jpg)


तस्बिरहरु : उज्वल श्रेष्ठ