पाल्पा। पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैघरमा बिहीबार बिहान फुलपाती भित्रयाइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फुलपाती भित्रयाइएको छ ।
तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसयवर्ष १५ वर्ष अघि स्थापना गरेको दशैघरमा परम्परा धान्दै बडादशैको फुलपाती भित्रयाइएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पुजाआजा गर्ने परम्परा छ ।
कोतघरमा दैनिक पुजाआजा गरिन्छ। प्रमुख जिल्ला अधिकारी, नोपली सेना, प्रहरी, शसस्त्र र मन्दिरका पुजारी दरवार परिसरमा रहेको दशैघरवाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी व्यारेक गएका थिए। सैनिक र प्रहरीले सलामी दिएपछि दशैघरमा पुजा आजा सहित फुलपाती लिन गएका हुन् ।
सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूजी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ ।