पाेखरा। ८४ वर्षीय रुसी फोटोग्राफर युरी रोडिचेभको पुस्तक 'द हिमालयज' पोखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व पर्यटन दिवसको अवसरमा पुस्तक अनावरण गरे। रोडिचेभले नेपालका हिमालहरूको तस्बिर पनि प्रदर्शनीमा राखेका छन्, जुन स्थायी रूपमा संग्रहालयमा राखिनेछ।
रोडिचेभले नेपाल ३२ पटक भ्रमण गरेका छन् र १४ वर्षको उमेरदेखि फोटोग्राफीमा संलग्न छन्। उनले हिमालयमा आफ्ना अनुभवहरू साझा गरे, जसमा सगरमाथाको तस्बिर खिच्ने र जोखिमपूर्ण यात्राहरू समावेश छन्।
कार्यक्रममा उनले फोटोग्राफिका अनुभवहरु सुनाएका थिए। उनले सन २००३ मा ६३ वर्षको हुदा ७ हजा ४५ मिटरको लाक्पारी हिमालको चुचुरोमा पुगेको कथा सुनाए। उनले सगरमाथाका सुन्दर तस्वीर कैद गरे र पछि तिब्बत सम्म पुगे जहाँ उनले सन २०१७ मा तिब्बतमा दुई साता बिताए। उनि त्यस समयको स्मरण गर्दै बताए, करिव दुई साता पर्खिएपछि बल्ल सगरमाथाको फोटो खिच्न सफल भए ।’
तस्वीर खिच्ने क्रममा सन २००४ मा रोडिचेभले मृत्युलाई नजिकबाट नियाले । ३ दिनको हुरी–वर्षातमा हिमालमा भोकै बसे, पानि समेत पिएनन्। “आँधी हुरी र पानी रोकिएपछि तीन दिनपछि साथीहरुसँग भेट भयो, ‘उनि सम्झन्छन, अब त बाचिन्न जस्तो लागेको थियो।’ रोडिचेभको हरेक यात्रामा श्रीमती आना सँगै हुन्छिन। हिमाली यात्रा र फोटोग्राफीमै आनन्द लिने गरेको आना बताउछिन । उनि भन्छिन , “हिमालमा हामी ईश्वरको सिर्जना देख्छौं । यो हाम्रो जीन्दगी हो । साथै हाम्रो दृष्टिकोण पनि चौडा बनाउँछ ।”
रोडिचेभको १८४ पृष्ठको यो पुस्तक रु ३,५०० मा उपलब्ध छ। रोडिचेभका फोटो प्रदर्शनीहरू रुसका १६१ सहरहरूमा १८१ पटक प्रदर्शित भइसकेका छन्।