काठमाडौ। बेलुन नेपाल प्रा।लि।ले आउदो पुस ९ गते बाट एक साता ९डिसेम्बर २४ देखि जनवरी १ सम्म० पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महित्सव आयोजना गर्ने भएको छ।
विहिवार राजधानीको वाराही होटलमा आयोजित पत्रकार सम्मेलनमा ३० वटा मुलुकको सहभागिता हुने यो महोत्सव मुलुकमै पहिलोपटक आयोजना गर्न लागिएको अध्यक्ष विक्रम बाडेले बताए।
६ करोड ८२ लाख ३० हजार अनुमानित लागतमा यो महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए। ‘कोरोना पछि सुस्ताएको पर्यटन छ्यत्रलाइ थप चलायमान बनाउने उद्धेश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो’ उनले भने।
बेलुन नेपालका निर्देशक बिबि ढकालले मुलुकको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय बेलुन फेस्टिवल आयोजना गर्न लागिएको जानकारी दिए। ‘अन्तर्राष्ट्रिय स्तरमा मुलुकको पर्यटन, संस्कृति, परम्पराको प्रचार प्रसार गर्ने हाम्रो मुख्य उद्धेश्य हो,’ उनले भने।
पोखराका मेयर धनराज आचार्यले आइकोनिक बनिसकेको प्याराग्लाइडिङ पछि थप पर्यटकिय गतिविधी थपिइदै गएको बताए। उनले यो महोत्सवका लागि महानगर पुर्ण सहयोग गर्न तयार रहेको उनले जानकारी दिए। उनले हट एयर बेलुन महोत्सवलाई हरेक वर्ष आयोजना गर्ने गरि क्यालेन्डरमा समावेस गरिने बताए।
प्रकृती, संस्कृती र सहासिक गतिविधिको शहर पोखरा तिनै क्षेत्रलाई एकै ठाउँमा राखेर अगाडि बढाएका बताउदै उनले भने, ‘हामी पोखरालाई जीवनमा एकपटक आउनै पर्ने ठाउँ बनाउने तयारीमा छौं। ’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभए पनि आन्तरिक तर्फको उडान माग उल्लेख्य रुपमा धान्दै आएको उनले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले मुलुकमै पहिलोपटक आयोजना हुन गैरहेको यो महोत्सवले समग्र मुलुकको पर्यटन क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने बताए ।
'यहिबाट प्याराग्लाइडिङ, अल्ट्रा लाइट, हट एयर बेलुनको सुरुवात भएको हो। पोखरासङ्ग नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध ऐतिहासिक र विशिष्ट छ।' यो महोत्सवका लागि नागरिक उड्डयन प्राधिकरणले पुर्ण सहयोग गर्न तयार रहेको बताए ।
प्राविधिक तर्फ सम्पुर्ण प्रकृया पूरा गरे लगत्तै केही दिनमै महोत्सवका लागि अनुमति दिने तयारी रहेको उनले जानकारी दिए। बेलुन, आकाश र यात्रु सुरक्षालाई केन्दृत गर्दै उडान गर्न कम्पनीलाई उनले सुझाव दिएका छन।
सन राइज बेलुन प्रालीले सन १९९१ बाट सन २००३ सम्म हट एयर बेलुनको व्यावसायिक उडान सुरु गरेको थियो। कारणवस केहि समय बन्द भएपछि सन २०१८ बाट बेलुन नेपालले यो सेवा पोखराबाट दिदै आएको छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले महोत्सवले पोखराको एड्भेन्चर पर्यटन प्रवर्द्धन गर्न ठूलो टेवा पुर्याउने बताए। बेलुन फेस्टिभलले अन्तराष्ट्रिय रुपमा पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा थप ईट्टा थपिनेछ।
पाटाका उपाध्यक्ष सुमन पाण्डेले बेलुन महोत्सवले पर्यटन प्रचारप्रसारका लागि मुलुकमै नयाँ अवधारणा सुरु भएको बताए।
यो महोत्सवमा ५००० फिटको उचाइमा हट एयर बेलुन उडान गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सामन्यतया अधिकतम ९००० फिटको उचाईमा हट यर बेलुन उडान हुँदै आएको छ।
पोखराको चन्खपुरमा यो महोत्सव आयोजना गर्ने जनाएको छ। कुल ३० वटा हट एयर बेलुन उडान गर्ने तयारी रहेको जनाइएको छ। जसमा बेलुन नेपालको तर्फबाट वटा हट यर बेलुन सन्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लात्भिया लगायत जर्मनी, लाओस, अस्टृया, कोरिया, इटली लगायत विभिन्न मुलुकबाट २५ वटा हट एयर बेलुन ल्याएर सन्चालन गर्ने तयारी रहेको जनाइएको छ।
पुस ९ गतेदेखी एक साता संचालन हुने महोत्सवमा स्टृट फेस्टिवल, कन्सर्ट, ड्रागन फेस्टिवल आयोजना हुने जनाइएको छ।