काठमाडौं। पछिल्लो एक महिनामा मात्र ७२ हजार बढी पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।
नेपाल पर्यटन बोर्डले जारी गरेको एक तथ्याङ्क अनुुसरा गत महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका हुन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ८.२९ प्रतिशतले बढी हो। विशेष गरी, २०७६ सालको तुलनामा यो वृद्धि झण्डै ७६.७५ प्रतिशत रहेको छ, जुन कोभिड–१९ महामारी पूर्वको अवस्थातर्फको उल्लेखनीय पुनरागमन हो।
पर्यटक आगमनको तथ्यांकलाई हेर्दा, भारत पहिलो स्थानमा रहेको छ, जहाँबाट २५,८३२ पर्यटकहरू आएका छन्। त्यसपछि क्रमशः चीन (६,६१४), अमेरिका (५,६१४), श्रीलंका (४,८५१), र बंगलादेश (३,०७७) रहेका छन्।
विगत वर्षहरूको तुलनामा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२० सालमा मात्र २६७ पर्यटक आएकोमा, २०२१ मा ६,०९३, २०२२ मा ४१,३०४, र २०२३ मा ६७,१५३ पर्यटक आएका थिए।