काठमाडौं। नेपालमा पदयात्रा पर्यटनमा संलग्न व्यवसायीहरूको छाता सङ्गठन ‘टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान)ले यही भदौ १७ गते नयाँ नेतृत्व पाउँदैछ। नेतृत्वका लागि व्यवसायीका दुईवटा समूह प्यानल बनाएर मैदानमा उत्रिएका छन्। टानका पूर्व महासचिव सागर पाण्डे र नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य राजेन्द्रप्रसाद सापकोटा बेग्लाबेग्लै समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।

राजनैतिक रुपमा पाण्डे नेकपा माओवादी केन्द्र निकट मानिन्छन् भने सापकोटा नेकपा एमाले निकट। दुबै प्यानलमा काँग्रेस निकट व्यवसायी बाँडिएर उम्मेदवारी दिएका छन्। साथै अन्य दल सम्बद्ध व्यवसायी पनि दुबैतिर छन्।
दुबै पक्षले चुनावी प्रचार तीव्र बनाएका छन्। दुबैका आआफ्नै दाबी छन्। कसले जित्छ भनेर अहिल्यै आँकलन गर्न सकिँदैन। रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। चुनावकै सिलसिलामा टानको नयाँ नेतृत्वले कस्तो भूमिका निवार्ह गर्नुपर्छ भनेर हामीले केही पर्यटन व्यवसायीलाई सोधेका छौं ।
मौलिक पर्यटनको पक्षमा
कर्णबहादुर लामा
पर्यटन व्यवसायी
हाम्रो पर्यटनको मौलिकता के हो ? अहिले पर्यटन गतिविधि स्वस्थ रुपले चलिरहेको छैन। नियामक निकायले पनि व्यवस्थित रुपमा नबढाएको अवस्था छ। ९० का दशकमा एक जना पर्यटकबाट १० जनालाई रोजगारी मिल्थ्यो। आज १० जना पर्यटकबाट १ जनाले रोजगारी पाएको अबस्था छ।
हाम्रो मौलिकता हरायो। क्याम्पिङ टे«कको स्वाद बेग्लै थियो। क्याम्पिङ ट्रेकिङमा जहाँ पुग्यो त्यहाँ टेन्ट गाडिन्थ्यो। लञ्च र डिनर तयार पारेर पर्यटकलाई सेवा दिइन्थ्यो।
पहिला एक जना पर्यटकबाट १० जनालाई रोजगारी मिल्थ्यो। अहिले १० जना पर्यटकबाट १ जनाले मात्र रोजगारी पाउँछन्।
अहिले विकासका नाममा सडक बनाउँदा राम्रा पदमार्ग ध्वस्त भए। लज तथा होटल पनि मौलिक किसिमले बनाइएन। अब नयाँ शिराबाट पर्यटकलाई सुरक्षित तरिकाले गन्तब्यमा लैजाने र फर्काउने अभियान चलाउनु पर्छ।
टानजस्ता पर्यटन संस्थाको नेतृत्वमा पुग्नेले नीति निर्माणदेखि बजारीकरणसम्म पहल गर्नुपर्छ। सरकार, व्यवसायी र स्थानीय सबैलाई झक्झक्याउनु पर्छ।
पर्यटकलाई हाइटेक सुबिधा
सरोज न्यौपाने
पर्यटन व्यवसायी
पर्वतीय पर्यटनबाटै विश्वमा नेपाल चिनिएको छ। त्यसैले हामीले प्रवद्र्धन गर्ने कुरा नै साहसिक पर्यटन हो। साथै सांस्कृतिक पर्यटन, इकोटुरिजम, तीर्थयात्रा पर्यटन, वन्यजन्तु पर्यटन, ग्रामीण तथा समुदायमा आधारित पर्यटनका साथै भोलेन्टियर पर्यटन आदि छन्। हामीसँग ७ वटा विश्व सम्पदामा सूचिकृत स्थल पनि छन्।
टानको प्राथमिक उद्देश्य नेपालमा ट्रेकिङ उद्योगलाई दिगो र जिम्मेवारीपूर्वक विकास गर्नु हो। पदयात्रा पर्यटनले पहाडी अर्थतन्त्र उत्थानमा ठुलो योगदान पुर्याउँदै आएको छ।
सन् २००० तिर टानमा ३–४ सय ट्रेकिङ कम्पनी सदस्य थिए। अहिले २४ सय हाराहारी सदस्य छन्। टान विशुद्ध व्यवसायीक संगठन भएकाले यसले नेपाल सरकारसँग लबिङ गर्ने र नीति निर्माणमा सहयोग पु¥याउने काम गर्छ।पर्यटनमा धेरै चुनौती छन्। पर्यटन नीति पनि पुरानो भैसक्यो। नयाँ पुस्ता प्रविधिको उपयोग गरिरहेको छ। उपभोक्ता पनि हाइटेक प्रबिधिमा छन्। हामी कम्पनीहरूले पनि त्यही किसिमको सेवा दिनु पर्दछ। टानले त्यस्तै जनशक्ति तयार गर्नुपर्छ।
टानको नयाँ नेतृत्वले सरकारसँग लबिङ गर्नुपर्ने धेरै कुरा छन्। होटल, रेस्टुरेन्ट, टिकेटिङ र ट्रेकिङ कम्पनीलाई सरकारले भ्याटमा ल्याएको छ। यसबाट राज्यलाई तत्काल फाइदा पुगे पनि पर्यटन क्षेत्रलाई दिर्घकालीन फाइदा गर्दैन। भ्याटका कारण टुरिजम प्रोडक्ट महँगो भएकाले पर्यटक अन्य देशमा मोडिने सम्भावना छ। नयाँ नेतृत्वले भ्याट तथा ट्याक्सको समस्या समाधान गर्न पहल गर्नु पर्दछ।
ट्रेकिङ कम्पनी सेवा प्रदायक हुन्। हामीले तिरेको भ्याट कसरी समायोजन गर्ने भन्ने नै स्पस्ट नीति अभावमा ट्रेकिङ कम्पनीहरू मर्कामा छौं। सरकारले यसमा सूक्ष्म अध्ययन गरेर गतिलो नीति बनाउनु पर्दछ।
अर्को कुरा तीन तहका सरकार मिलेर पर्यटन क्षेत्रका लागि एकद्वार प्रणाली बनाउन जरुरी छ। हाम्रो अर्को समस्या मार्केटिङमा छ। पर्याप्त मार्केटिङ भएको छैन। दुई छिमेकी चीन र भारत उदाउँदो अर्थतन्त्र भएका मुलुक हुन्। त्यहाँ ठुलो जनसंख्या छ। त्यसैले छिमकमै राम्रो मार्केटिङ गर्न सके त्यहाँबाट ठुलो संख्यामा पर्यटक ल्याउन सकिन्छ।
हाम्रो पदयात्रा व्यवसायमा युवा साथी आएका छन्। उनीहरूलाई स्वागत छ। कन्ज्युमर हाइटेक छन्। त्यसैले सर्भिस प्रोभाइडर पनि हाइटेक हुनै पर्दछ। अब नयाँ पुस्ताका उपभोक्ताका लागि नौलो मार्केटिङ रणनीति चाहिन्छ। यसमा पर्यटन बोर्डलगायत संघसंस्थाले हातेमालो गर्नुपर्दछ। डिजिटल संसारमा पुरानो ढर्राको बजारीकरणले काम गर्दैन।
हाम्रो अर्को चुनौति महँगो हवाई टिकट पनि हो। मुख्य पर्यटक सिजनमा दशै तिहारजस्ता चाडपर्व पर्दछन्। विदेशमा भएका हजारौं नेपाली चाड मनाउन आउँदा टिकट महँगिने र नपाउने समस्या छ। त्यसैले हाम्रो सरकारले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सहकार्य गरेर टिकटको सहजता र भाडा समायोजन गर्न सक्नु पर्दछ।
हाम्रो ध्वजावहक हवाईजहाज पनि भद्रगोल अवस्थामा छ। यसमा नेपाल सरकार गम्भीर बन्नै पर्छ। टान आफै नियामंकन संस्था होइन, यसले सरकारसँग समन्वय गरी सहजकर्ताको भूमिका निवार्ह गर्नुपर्छ। साथै व्यवसायी र मजदुर हितका लागि बीमा, नीति नियम, सामाजिक सुरक्षा आदिका काम गर्नु जरुरी छ। टिम्सलाई व्यवस्थित गर्नुका साथै नयाँ पदमार्ग पहिचान गर्नु पर्दछ।
राजनैतिक हस्तक्षेपले मार्यो
संगम शेर्पा
पर्यटन व्यवसायी
टानमा चरम राजनैतिक हस्तक्षेप हुने गरेको छ । समयानुकुल पर्यटन ऐन तथा नीति नियम बनाउन आबश्यक छ। त्यसका लागि टानले सरकारलाई दबाब दिनु पर्छ। टानले टिम्सको अरबौं रकम पाउनु पर्नेछ। तर, टानमा नेतृत्वदायी भूमिका भएको मान्छे नजानाले निकासा हुन सकेको छैन। त्यो पैसा ल्याएर नेपालको पर्यटन क्षेत्रको पूर्वाधार विकासमा खर्चिनु पर्छ।
अहिले कुनै पनि ट्रेकिङ कम्पनीमा गाइड पुग्दो छैनन्। होटलमा कुक पुग्दो छैनन्। रेस्टुरेन्टमा होटल छैनन्। सवारी साधनमा चालक छैनन्। यसरी पर्यटन मजदुरको चरम अभाव छ। यस्तो बेलामा टिम्स रकम निकालेर हामीले बेरोजगार युवालाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ।
टानले टिम्सको अरबौं रकम पाउनु पर्नेछ। तर, टानमा नेतृत्वदायी भूमिका भएको मान्छे नजानाले त्यो निकासा हुन सकेको छैन।
अर्काेतिर नेपालको पर्यटन पूर्वाधार विकासका लागि खरबौं रुपैयाँ खर्च गर्नुपर्ने भिजन भएका व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बेला हो यो। तर जहिले पनि राजनीतिक लुछाचुँडीले गर्दा जो पनि जहिले पनि पुगिरहने अनि इन्टरटेन गर्ने र सेलिब्रिटी हुने काम मात्र भइरहेको छ।
त्यसैले यसपटकको चुनावबाट अलिकति दक्ष, अलिकति व्यवसायिक र चिनिएका व्यवसायीले टानलाई नेतृत्व दिनु भयो भने पर्यटनको भविष्य राम्रो हुन्थ्यो जस्तो लाग्छ। हाम्रा पर्यटकीय गन्तव्यहरूको अधिकतम प्रचारप्रसार गरेर छोटो समयमै नेपालमा दोहोरो तेहेरो प्रतिशतमा पर्यटक ल्याउन सक्ने अवस्था सृजना गरौं।
पर्यटनमा महिलालाई प्रोत्साहन
सृष्टी भण्डारी
पर्यटन व्यवसायी
टुरिजम क्षेत्रमा महिलाको सहभागिता कम छ। त्यसैले महिलाको संख्या बढाउने र समग्र पर्वतीय पर्यटनमा लाग्नेको हकहितका लागि काम गर्न भनेर मैले सदस्य पदमा उम्मेदवारी दिएकी छु।
तालिम पाएका कतिपय महिलाले पनि काम पाउनु भएको छैन। उहाँहरूलाई रोजगारीको वातावरण बनाउन संस्थागत पहल गर्नेछु।
तालिम पाएका कतिपय महिलाले पनि काम पाउनु भएको छैन। उहाँहरूलाई रोजगारी र थप तालिम दिने वातावरण बनाउन म संस्थागत पहल गर्नेछु। साथै गाइड, पोर्टरलगायत सबै मजदुरको हकहितमा आवाज उठाउने छु।
पर्यटन ऐन परिमार्जन
गोविन्द पन्त
पर्यटन व्यवसायी
मैले सन् २०१९ देखि सन् २०२१ सम्म टानको कार्यसमितिमा काम गर्न पाएको थिएँ। कोभिडका कारण हामीले धेरै गर्न नपाए पनि केही महत्वपूर्ण काम गरेका थियौं। मजदुरलाई खान असुबिधा भयो भनेर टान फुड बैंक स्थापना गरेका थियौ।
आसन्न निर्वाचनमा यस्तो समूहलाई छानौं कि गर्नु पर्ने कामको पहिचान गरोस्। हामी २०८१ सालमा छौं। हाम्रो पर्यटन ऐन भने वि.सं. २०३५ मा बनेको थियो। त्यसलाई परिवर्तन गरेर समायनुकुल बनाउनु पर्छ।
धेरैतिरबाट परमिट लिनुपर्दा निकै झमेला हुन्छ। त्यसैले इमिग्रेसनदेखि सहर घुम्न एकद्वार प्रणालीबाट परमिट लिने वातावरण बनोस्।
अर्को समस्या छ, अहिले धेरैतिरबाट परमिट लिनुपर्छ। यसले निकै समस्या पारेको छ। त्यसैले नयाँ नेतृत्वले इमिग्रेसनदेखि सहर घुम्नसम्मका लागि एकद्वार प्रणालीबाट परमिट लिने वातावरण बनाओस्।
नेपालको पर्यटन भनेको रेलको बाटो बनाएर, पानी जहाज चलाएर हैन कि भएका सडक र पदमार्गलाई व्यवस्थित र सुरक्षित बनाएर मर्यादित बनाउन सकिन्छ। ड्राइभिङ गन्तव्यका लागि सजिला सडक र पदयात्राका लागि सुरक्षित पदमार्ग बनाउन सरकारसँग पहल गर्नु आवश्यक छ।
हाम्रा युवाका लागि रोजगारी सिर्जना गर्नु पर्दछ। युवालाई पर्यटनमा आकर्षण गर्ने वातावरण चाहिएको छ। यस्तो वातावरण बनाउन नयाँ नेतृत्वले सरकारसँग पहल गरोस्। किनकी हाम्रा युवाको भविश्य पर्यटनमै छ।
भ्याटको समस्यालाई सम्बोधन
पासाङ शेर्पा
पर्यटन व्यवसायी
अब आउने नेतृत्वले गर्नु पर्ने पहिलो काम, मुख्य समस्याका रुपमा रहेको कर र भ्याटको सम्बोधन हो। होटल र एयरलाइन्समा भ्याट बिल पाइन्छ तर ट्रेकिङका होटल तथा लजमा पाइँदैन। यो समस्या समाधान गर्नु पर्दछ।
टानले कि त टिम्स कार्ड खारेज गर्नुपर्यो कि व्यवस्थित गर्नु पर्यो।
दोस्रो कुरा, पदमार्ग मर्मत तथा नयाँ निर्माण गर्नु पर्दछ। साथै कि त टिम्स कार्ड खारेज गर्नुप¥यो कि व्यवस्थित गर्नु पर्यो।
तेस्रो कुरा, टानले व्यवसायीको हकहितका लागि आधुनिक प्रबिधीको प्रयोग गर्दै व्यवसाय स्तरोन्नतीका लागि भूमिका खेल्नु पदर्छ।
नो भ्याट
पवित्रा तामाङ
पर्यटन व्यवसायी
हामीले हरेक क्षेत्रमा महिलालाई प्रोत्साहित गर्नुपर्छ। महिलालाई तालिम र अबसरको खाँचो छ। पदयात्रा पर्यटनमा गाइड र पोर्टर बिना जान रोक्नु पर्छ। यसबाट महिला र पुरुष दुबैले रोजगारीको अबसर पाउने छन् ।
पदयात्रामा गाइड र पोर्टर बिना जान रोक्नु पर्छ। यसबाट महिला र पुरुष दुबैले रोजगारीको अबसर पाउने छन् ।
पर्वतीय पर्यटनमा भ्याट लगाएकाले हामीलाई बाँच्न गाह्रो भएको छ। भ्याट तिरेर हामीले के सुबिधा पाएका छौं त? त्यसैले भ्याट हटाउन हामी सरकारसँग पहल गर्नेछौं।
गैरराजनैतिक नेतृत्व चाहियो
राजेन्द्र अम्गाई, पर्यटन व्यवसायी
पर्वतीय पर्यटनमा भविष्य खोज्न आएका हामीजस्ता युवालाई टानले अन्योलमा पु¥याइदिएको छ। हामीले खोजेको जस्तो नीतिमा काम गर्ने नेतृत्व हामीले नपाएका हौं वा उहाँले यस्तो नचाहेको हो ? यसका विविध कारणमध्ये राजनीतिक हस्तक्षेप प्रमुख कारण हो। आफ्नो राजनैतिक धरातल बनाउन नेतृत्वमा जाने प्रवृत्तिको हामी घोर बिरोध गर्दछौं।
आफ्नो राजनैतिक धरातल बनाउन नेतृत्वमा जाने प्रवृत्तिको हामी घोर बिरोध गर्दछौं।
अब युवाले नेतृत्व हस्तान्तरण गर्ने हिसाबले प्रोडक्ट डेभलप गर्नु पर्छ। अब आउने नेतृत्व गैरराजनैतिक हुनुपर्छ। सक्षम पर्यटन व्यवसायीको नेतृत्व हुनुपर्दछ। आउनुहोस्, यसपाली सक्षम युवालाई चुनौं। राजनीतिलाई थाति राखौं।
हाम्रो पर्वतीय पर्यटन धरासायी भएको छ, अहिले नगरे कहिले गर्ने ? अघि बढौं युवा।
पर्वतीय मजदुरलाई पेन्सन
जीवन थापा मगर
पर्यटन व्यवसायी
टानको नयाँ नेतृत्वले पदयात्रा पर्यटनमा देखिएका सबै बाधा फुकाउनु पर्छ। पहिला समय अनुकुल पर्यटन ऐन संशोधन गर्नु पर्छ।
अहिले जताततै पदमार्ग मासेर सडक बनाउने काम भैरहेको छ। दिगो पर्यटनका लागि पहिला वैकल्पिक पदमार्गको व्यवस्थापन गर्नुपर्छ। त्यस्तै नेपालमा भइरहने जलवायू परिवर्तनले नराम्रो असर गरिरहेको छ। केही दिन अघि सगरमाथा क्षेत्रको थामेमा हिमताल फुटेर आएको बाढीले कति विनास ग¥यो। अब जलवायु परिवर्तनका विषयमा सचेतना फैलाउँदै मजदुर साथीहरूलाई पनि सक्षम बनाउनु पर्छ।
मजदुर साथीको सुरक्षित भविष्यका लागि तलबदेखि लिएर भइपरी आउने समस्या समाधान गर्न नेपाल सरकारले सामाजिक सुरक्षा मार्फत् पेन्सन व्यवस्था गर्नुपर्छ। त्यसैले टानको चुनावमा सक्षम नेतृत्वलाई जिताऔं।
टिम्स कार्ड अनिवार्य गरोस्
रामकाजी तिवारी ‘प्रयास’
पर्यटन मजदुर
व्यवसायीहरू सधैं भन्छन्, ‘व्यवसाय र श्रमिक एकै सिकाका दुई पाटा हुन, तर व्यवहारमा त्यस्तो देखिँदैन।’ कुरामा मात्र सिमित छ। टानको इतिहासमा व्यवसायीले श्रमिक हितका लागि भूमिका निवार्ह गरेको देखिँदैन।
अवको टान नेतृत्वले श्रमिकको सुरक्षा, विमा, स्वास्थ्य र कल्याणकारी क्षेत्रमा सहयोग गरोस्। यसमा टानले कत्तिको भूमिका खेल्छ, त्यो महत्वपूर्ण हुन्छ। अर्को कुरा, श्रमिकहरूको कामको सुरक्षा र ग्यारेन्टी कत्तिको गर्छन् भन्ने कुरा पनि हो।
विकासका नाममा पर्वतीय पदमार्ग विनास हुँदै आएका छन्। यसलाई जोगाउन टानले सकरात्मक भूमिका खेल्नुपर्छ।
पछिल्लो समय विकासका नाममा पर्वतीय पदमार्ग विनास हुँदै आएका छन्। यसलाई जोगाउन टानले कत्तिको सकरात्मक भूमिका खेल्छ भन्ने कुरा हेर्नुछ। टान नेतृत्वका लागि सबैभन्दा चुनौतीको विषय यही हो।
हाम्रा पदमार्गमा भौतिक विकासका पूर्वाधार निर्माण गर्दा तीनै तहका सरकारसँग सहकार्य गर्नु पर्दछ। पदमार्ग जोगाएर निर्माण गर्न सके व्यवासायी र कामदारको सुरक्षा हुनथ्यो।
अर्को ठुलो समस्या टिम्स कार्ड व्यवस्थापन हो। सबै पदमार्गमा अनिवार्य टिम्स कार्ड लागु गर्ने हो भने, त्यसबाट उठ्ने रकमले श्रमिकको सामाजिक सुरक्षा, बीमा, उद्धारमा खर्च गर्न सकिन्छ। सोहिअनुसार काम गर्न सके टानको महत्व बढ्छ। नत्र पूर्व कार्यसमिति जस्तै खासै केही गर्न सक्ला जस्तो लाग्दैन।