भक्तपुर। जति बढी प्रकृतिमैत्री भएर बाँच्यो उति आनन्द मिल्छ। त्यसैले अर्गानिक खाना र प्राकृतिक जीवनशैलीले मान्छेलाई निरोगी र आनन्दित तुल्याउँछ। शारिरीक र मानसिक समस्याबाट मुक्ति दिलाउँछ। यसका लागि उचित आहार, बिहार र विचार जरुरी हुन्छ।
स्वास्थ्यवद्र्धक खाना बनाउन र कौसीमै अर्गानिक उत्पादन गर्न सिकाउने उद्धेश्यले भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित धुन्चेहाइटमा एक जोडी युवाले ‘अर्गानिक कृषि पाठशाला’ चलाउँदै आएका छन्।
उनीहरू हरेक शनिबार प्रशिक्षण दिन्छन्। मौसमअनुसारका खाना बनाउने, तरकारी तथा फलफूल रोप्ने र मल बनाउने तरिका सिकाउँछन्।
-1724230441.jpg)
शाकाहारीले पनि धेरै किसिमका स्वास्थ्यवद्र्धक परिकार बनाएर खान सक्छन् भन्ने उनीहरू सिकाउँछन्। जस्तो कि, ब्राउन राइस, च्याउको छोइला, सिस्नुको सुप, आँटाको मम, आँटाको केक, केराको अचार आदि।
गर्मीमा कृत्रिम कोल्ड ड्रिङ्क्स खाने चलन छ। उनीहरू भने प्राकृतिक जुस बनाउन सिकाउँछन् जसमा स्वाद पनि हुन्छ र स्वास्थ्य पनि। चुकन्दर, कागती र पुदिना, फलफुल आदिको जुस। त्यसैगरी नरिवलको जुस, पहेंलो फर्सी र केराको स्मुदी बनाउने तरिका पनि सिकाइन्छ।

रावाबेंसी, खोटाङका योग तथा कृषिविज्ञ नरेन्द्र श्रेष्ठ र प्रकृतिप्रेमी समूह ललितपुरकी अध्यक्ष एवम् उचित आहार, विहार र विचार (उआविवि) प्रशिक्षक सरिता डंगोल मिलेर उदाहरणीय काम गर्दै आएका हुन्। उनीहरूको घरको कौसीमा तरकारी र फलफुल लटरम्म छ। यतिबेला ड्रागन फ्रुट फलेर राताम्मे देखिन्छ।
त्यसैले ड्रागन फ्रुट रोप्ने तरिकाका साथै माटो, मल र पानीको व्यवस्थापन कला पनि सिकाइरहेका छन्। प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ्य समाज निर्माण अभियानमा होमिएका छन् दुबै। उनीहरूको घरभित्र र बाहिर थरिथरिका फूल, तरकारी र फलफूल रोपिएको छ। घर नजिकै बारीमा पनि अर्गानिक खेती छ। त्यहाँ साग, लसुन, काउली, धनियाँ, जडीबुटी, फूल, मेवा, केरा आदि उत्पादन गरिएको छ।
-1724230394.jpg)
उचित व्यवस्थापन गर्न सके कौसी खेतीबाट परिवारका लागि तरकारी उत्पादन गर्न सकिन्छ। ‘हामी भान्छाबाट निस्कने फोहोरलाई मल बनाउँछौं’, नरेन्द्र भन्छन्, ‘त्यसलाई कौसी र बगैंचामा प्रयोग गर्छौं।’
उनी मिहिनेती छन्। बिहानैदेखि बारीमा खटिन्छन्। गोडमेल गर्छन्। जैविक मल बनाउँछन्। बोटविरूवा रोप्छन्। उनलाई जीवनसाथी सरिताले सघाउँछिन्।
उनीहरूको घरमा पुग्नेहरू चकित पर्छन्। विषादी नहाली प्राकृतिक खेती गर्ने, अर्गानिक मल बनाउने तरिकाका साथै स्वास्थ्यवद्धर्क खाना बनाउने तालिममा सहभागि भएकाहरू खुसी बनेर फर्किन्छन्।
तालिममा सहभागी हुन १५ सय रुपैयाँ तिर्नुपर्छ। यति रकमले बिहानको खाना, जुस र दिउँसोको खाजा पनि पाइन्छ।
निरोगी रहन शाकाहारी जीवनशैली उपयुक्त हुन्छ। ‘कतिपयले माछामासु नखाए के खाने भनेर सोध्छन’, नरेन्द्र भन्छन्, ‘माछामासुलाई बिर्साउने खालका स्वादिला र स्वास्थ्यवर्द्धक परिकार बनाउन हामी सिकाउँछौं।’

लामो समयदेखि योग तथा प्राकृतिक स्वास्थ्यको क्षेत्रमा काम गरेका सरिता र नरेन्द्र उदाहरणीय युवा हुन्। उनीहरू आफ्नो निवासमै योग तथा ध्यान पनि सिकाउँछन्। ‘हामीले उचित आहार सेवन गर्न सबैलाई प्रेरित गर्दै आएका थियौं’, सरिताले भनिन्, ‘यहाँ त्यस्तो स्वास्थ्यवर्द्धक खाना कसरी उत्पादन गर्ने भन्ने व्यावहारिक ज्ञान पनि बाँडिरहेका छौं।’
उनीहरूकोमा तरकारी र फलफुल किन्न पनि पाइन्छ। त्यस्तै आवासीय सुविधा लिएर स्वास्थ्य ज्ञान लिन चाहनेहरूका होमस्टेको व्यवस्था पनि गरिएको छ।
सम्पर्क
एभरेस्ट योगा एन्ड रिट्रिट सेन्टर
धुन्चेहाइट, मध्यपुर थिमि नगरपालिका
भक्तपुर
सरिता डंगोल–९८४१५६२१०६
नरेन्द्र श्रेष्ठ–९८५१२१९०२८
-1724230393.jpg)
-1724230400.jpg)
-1724230399.jpg)
-1724230399.jpg)
-1724230397.jpg)
-1724230397.jpg)
-1724230396.jpg)
-1724230396.jpg)
-1724230394.jpg)
-1724230248.jpg)
-1724230392.jpg)
-1724230249.jpg)
-1724230247.jpg)
-1724230245.jpg)
-1724230246.jpg)
-1724230246.jpg)
-1724230247.jpg)
-1724230244.jpg)
-1724230244.jpg)
-1724230243.jpg)
-1724230242.jpg)
-1724230240.jpg)
-1724230240.jpg)
-1724230242.jpg)
छोरीका साथमा सरिता र नरेन्द्र ।