आगामी वैशाख १० गते भोजपुरमा ‘चौथो मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ।
केही वर्षअघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा ‘मैयुङ-टेम्के-साल्पा -सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग सुरू गरिएको थियो।
पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्णहुँदै कञ्चनजंघालगायत हिमालको लामो लर्कन देखिन्छ।
पदमार्गको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको थियो भने टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहेको थियो।
पदमार्गको पूर्वाधार विकासमा प्रदेश सरकार र स्वीस सरकारको विकास सहयोग एजेन्सीले गरेका हुन्।
ट्रेल रेस विजेतालाई नगद ५० रूपैयाँ, दोस्रोलाई ४० हजार रूपैयाँ, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौलाई १० हजार रूपैयाँ पुरस्कार दिइनेछ।
त्यस्तै ४० वर्ष माथिको भेट्रानतर्फका शीर्ष ३ जनालाई १५ हजार , १० हजार र ५ हजार पुरस्कार राखिएको छ।
४५ किमी लामो दुरीको दौड भोजपुरको बागखोर (२२०० मि) बाट सुरू भएर ३१०० मिटरको डाडा हुँदै खोटाङ्गको शकेला तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुंगिनेछ।
मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता आयोजना गरिएको स्पोर्टस एकेडेमीका पविहाङ राईले बताए।
रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले प्रतियोगिता आयोजनामा टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहनेछ।