नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ को सिमामा रहेको चिलाउने गाउँ झरनामा महोत्सव गरेर स्थानीयले सबै प्रकृतिप्रेमीलाई निम्तो बाँडेका छन्। मंगलबार झरनास्थलमा महोत्सव गरेर उनीहरूले झरना घुम्ने निम्तो गरेका हुन्।
यसलाई ललितपुरको प्रकृृतिप्रेमी समूहले पनि प्रवद्र्धन गर्ने भएको छ। समूहकी सचिव रामदेवी महर्जनको नेतृत्वमा एक समूह महोत्सवमा सहभागी बनेको थियो। समूहले यहाँका लप्से र लखिनश्वरी झरनामा हाइकिङ गराइसकेको छ।
लप्से खोलाबाट बनेको करिब सय मिटर अग्लो झरना मनमोहक छ। कच्ची सडकसँगै जोडिएको झरना प्रकृतिको सुन्दर उपहार हो। झरना क्षेत्रका दुबै वडाले संयुक्त रुपमा महोत्सव गरेका हुन्।
साउन १५ खिर खाने दिन भएकाले महोत्सवका सहभागीलाई खिर खुवाइएको थियो। महोत्सवका अबसरमा झरना अवलोकन, महिलाको पन्चै बाजाको प्रस्तुतिका साथै स्थानीय उत्पादनहरु मह, घ्यु, काँक्रो, कोदोको पिठो, तामा, आँप, कटहरलगायत बिक्रि गरिएको थियो।
महोत्सवले झरनाको प्रवद्र्धनमा टेवा पुग्ने वडा नं ४, र ६ का वडाध्यक्ष क्रमशः चन्द्रबहादुर गुरुङ, र बिष्णु श्रेष्ठले बताए।चिलाउने गाउँ झरनालाई ललितपुरको प्रकृृतिप्रेमी समूहले पनि प्रवद्र्धन गर्ने भएको थियो। महोत्सवमा समूहकी सचिव रामदेवी महर्जनको नेतृत्वमा एक समूह पुगेको थियो। समूहले यहाँ हाइकिङ गराउने छ। स्मरणीय छ, यस अघि समूहले यही क्षेत्रका लप्से र लखिनश्वरी झरनामा हाइकिङ गराइसकेको छ।
काठमाडौंको सामाखुसीबाट करिब २५ किलोमिटरमा झरना क्षेत्रमा पुगिन्छ। गुर्जेभन्ज्याङबाट चौकी हुँदै माने पुगेपछि करिब ५ किलोमिटर सडक कच्ची छ। झरना क्षेत्रमा होटल, होमस्टे र खाजाघर छैन। माने भएको ठाउँमा भने खाजा घर छन्।
आउनुहोस् है
चिलाउने गाउँ झरना निकै मनमोहक छ। यहाँ हामी क्यानोनिङ खेलको सम्भावना पनि अध्ययन गर्नेछौं । हामीले ओझेलमा परेको झरनाको प्रचारप्रसार गर्न महोत्सव गरेका हौं। तपाईं पनि आउनुस् है।
सम्पर्क: ९८५११५५१५८