हामीले भागेको र बुझेकै कुराहो कि मान्छेको भौतिक जीवन निश्चित समयका लागि मात्रै हुन्छ। जीवन एउटा यस्तो यात्रा हो जसमा एक दिन अकस्मात विराम लाग्छ। मृत्य शाश्वत सत्य हो र जतिसुकै निश्चित भए पनि यो समाचार हाम्रा लागि अकल्पनिय नै लाग्छ। सबैकी प्रिय, अत्यन्तै सम्मानित र आदरणीय अम्बिका श्रेष्ठ दिदीको निधनको दुखद खबर सुन्दा मलाई पनि अकल्पनीय नै लाग्यो। यसले हामीलाई निकै मर्माहत बनाएको छ।
उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ भनेर हामीले अम्बिका श्रेष्ठ दिदी र कर्ण शाक्य दाईलाई आमन्त्रण गरी युरोप लक्षित नेपाल भ्रमण वर्ष अभियान उद्घाटन गराएका थियौं।
उहाँको कर्मशील जीवनका बारेमा धेरै सुने पनि मेरो प्रत्यक्ष भेट २४ वर्ष अघि भएको थियो र त्यसपश्चात मेरो ह्दयमा उहाँ उच्च सम्मानका साथ रहनु भयो। जहिले पनि गुणस्तरीय पर्यटनको पैरवी गर्ने तथा प्राकृतिक वातावरण र साँस्कृतिक सम्पदा संरक्षणमा सक्रिय रहने अम्बिका दिदीको ऊर्जाले हामी सबै पर्यटनकर्मीलाई उत्साहित बनाउँदथ्यो। जहिले भेटिए पनि मलाई नजिकै बोलाएर पर्यटन क्षेत्रको अवस्था र दिशाका बारेमा केही चिन्ता र चासोका साथ कुराकानी गर्न रुचाउनु हुन्थ्यो। र, सुझाव दिनुहुुन्थ्यो कहिल्यै नथाक्नु, राम्रोका लागि निरन्तर लागि रहनु।
अनि हौसला दिनुहुुन्थयो ‘पवित्र उद्देश्यले राम्रो गर्छु भन्नेहरू कम हुन्छन् र उनीहरू पनि हराए भने समाजमा आशा हराउँछ।’ सास्कृतिक हिसाबले अत्यन्तै धनी, भौगोलिक हिसाबले अत्यन्तै विविधिकृत, प्राकृतिक हिसाबले अत्यन्तै मनोरम, आतिथ्यतापूर्ण व्यवहारले भरिपूर्ण नेपाल अथाह सम्भाव्यता बोकेको देश भइकन पनि दिशाहिन देखिँदा उहाँ बेलाबेला घोत्लिनुहन्थो।
हामी ‘ल्यान्डलक्ड होइन, माइन्डलक्ड देश हो र त्यसबाट निस्केर सम्वृद्धि उन्मुख सोचका साथ अघि बढ्नपर्छ। हाम्रो देश गरिब होइन, सोच गरिब छ’ भन्नु हुन्थ्यो।
मुख्य लगानी होटल क्षेत्रमा भइकन पनि टुर, टे«किङ, सम्पदाजस्ता क्षेत्र मार्फत् पनि उहाँले उल्लेख्य योगदान पु¥याउनु भएको छ। नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस्, टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल, स्कल नेपाल, पाटा नेपाल, नेपाल सम्पदा समाज जस्ता संस्थाको अध्यक्ष रही पर्यटनका थुप्रै क्षेत्रमा उहाँले पु¥याएको योगदान साँच्चिकै प्रेरणादायी छ।
नेपालको पर्यटन सन् १९९९ देखि नै विमान अपहरण, दरबार हत्याकाण्ड, सशस्त्रद्धन्द, व्यवस्था परिवर्तन, अस्थिर राजनीति, दिनहुँ जसो हुने बन्द हड्ताल, महाभुकम्प, अघोषित नाकाबन्दी, कोभिडजस्ता अनेकन संकटबाट गुज्रिंदा पनि आफ्नो कर्ममा कहिल्यै शिथिलता आउन दिनु भएन उहाँले। सोचाइमा कहिल्यै निराश देखिनुु भएन। सदा दृढ निश्चयी र कर्मशील।
केहि वर्ष अघि अलि जटिल विमारले च्याप्यो तथापी उहाँको सक्रियता कहिल्यै घटेन। २४ वर्ष अघि जब मैले पहिलोपल्ट प्रत्येक्ष भेटेको थिएँ त्यति बेलादेखि उहाँमा देखेको सकारात्मक सोच र शारिरीक सक्रियतासहितको ऊर्जा केही हप्ता अघिसम्म भेट्दा र ९२ वर्षको उमेर भैसक्दा पनि त्यसमा कमी थिएन। अनौठो आत्मबलसहित सायद एउटा विशेष शक्ति निर्माण गर्न सक्ने खुबी थियो उहाँमा।
आजका दिनमा थुप्रै अन्तर्राष्ट्रिय ख्याती प्राप्त प्रतिष्ठित ब्रान्ड होटल भित्रिँदा पनि प्रतिस्पर्धाभन्दा माथिको सम्पदासहितको र अग्रणी पर्यटकीय उपज, जो भिभिआइपीहरूको पहिलो रोजाइ बन्ने गरेको छ, द्वारिकाज् होटल। त्यस्तो उपज बनाउन सक्नु उहाँको अत्यन्तै प्रशंसनीय दुरदृष्टि, विश्वास, अठोट, र लगनले नै हो। गोठजस्तो छाप्रोबाट विशेष पहिचानसहितको विख्यात होटल त्यसै बन्दैन।
वि.सं. २०७२को महाभूकम्प पछि पर्यटन बोर्ड मार्फत् हामीले पहिलोपल्ट आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘घुमफिर वर्ष’ नामक एक वर्षे विशेष अभियान चलाएका थियौं २०७३ मा। त्यतिबेला उहाँले म पनि कुनै एक गन्तव्य घुम्न जान्छु र अभियानको हिस्सा बन्छु भनेर सबैलाई उत्प्रेरित गर्नुभएको थियो।
विशेष कार्यक्रमका त कुरै छोडौं ससाना कार्यक्रमको उद्घाटन पनि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रमुख अतिथि बनाई गर्ने चलन व्यापक छ। तर उहाँजस्ता निजी क्षेत्रका हस्तिहरूलाई प्रमख अतिथि बनाई उहाँहरूको योगदानको सम्मान गनुपर्छ भनेर हामीले अम्बिका दिदी र कर्ण शाक्य दाईलाई आमन्त्रण गरी युरोप लक्षित नेपाल भ्रमण वर्ष अभियानको उद्घाटन गराएका थियौं, सन् २०१७ मा।
गन्तव्यको छवी राम्रो बनाउन पर्छ भन्नेमा उहाँको चासो र सक्रियता सधैं रहने गरेको थियो। पदयात्रीको फेक रेस्क्य (नक्कली उद्धार)का बारेमा राष्ट्रिय अन्तर्राष्ट्रि«य सञ्चार माध्यममा नकारात्मक समाचार सम्प्रेषण भइरहेका बेला तत्कालीन मन्त्री र सरकारी निजी सरोकारवालासँग घनिभूत छलफल चलाउन हुन्थ्यो र मलाई त्यस्ता बैठक सहजीकरण गर्न लगाइराख्नुहन्थ्यो। विगत केही महिनामा नेपालको ब्रान्डिङ र प्रवद्र्धनकै लागि स्थापित संस्था पर्यटन बोर्डबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा बजारीकण तथा प्रवद्र्धनका काम नहुँदा पनि उहाँले मलाई सहजिकरण गर्न भन्नु भएको थियो। समग्रतामा पर्यटन मार्फत् सम्वृद्धिका लागि उहाँ सदा तत्पर हुनुहुन्थ्यो।
केही वर्ष अघि पर्यटन बोर्डको हलमा पर्यटन क्षेत्रमा अतूल्य योगदान पु¥याउनु भएका अर्का व्यक्तित्व आदर्णीय टेकचन्द्र दाईको शोकसभा थियो। त्यस दिन मलाई लाग्यो, दशकौंदेखि अथक प्रयास र लगानी गरेर नेपाली पर्यटनलाई जन्माउने हुर्काउनेका सोच विचार र त्यतिखेरको अवस्थाका बारे हामीले केही सूचना उहाँहरू जिवित हँुदा नराख्ने हो भने हामीले ठुलो ज्ञान गुुमाउनेछौं र यो पर्यटन क्षेत्र प्रति ठुलो अन्याय पनि हन्छ।
त्यसपछि बोर्डमा मिडिया समन्वय गर्ने अधिकृत साथी सुधन सवेदीसँग छलफल गरी र उहाँलाई समन्वय गर्न लगाई पहिलो चरणमा त्यस्ता ३० व्यक्तित्व छनौट गरी उहाँहरूसँगको सम्वादको भिडियो अर्काइभ राख्ने थालनी गरेको कार्यले आज मलाई सन्तोष लागेको छ, कम्तीमा यस्ता अग्रजको केही भिडियो अर्काइभिङ गर्न सकेकामा। यो काम अहिले रोकिएको छ। यसले निरन्तरता पाओस्।
यसै क्रममा अम्बिका दिदीसंग रेकर्ड गरिएको सम्वादको छोटो अंश मेरो फेसबुक पेजमा पनि पोस्ट गरेको छु। मृत्यको दखद समाचारपछि हामीले समाजिक सञ्जाल र मूलधारका मिडियामा हे¥यौं भने पनि देखिन्छ उहाँप्रति स्वेदशी तथा विदेशीको कति आत्मीय र सम्मानपूर्ण भाव रहेछ भनेर। वास्तवमा एउटा मान्छेले आफ्नो दृढ सोच, निरन्तरताको लगन, सृजना गरेको उपज र पारेको वृहत्तर सकारात्मक प्रभावले नै अरुलाई प्रेरित गर्दछ, न कि खाली भाषण गरेर।
पर्यटनकी धरोहर र प्रेरणादायी उद्यमी, आदरणीइ दिदी अम्बिका दिदी हाम्रा लागि र आगामी पुस्ताका लागि उदाहरणीय व्यक्तित्वका रुपमा रहि रहनु हुनेछ।
भावपूर्ण श्रद्धान्जली !