काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती शनिबार देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ। यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्कभित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ।
प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी.को सभापतित्व र साहित्यकार÷कवि श्रीहरि फुयालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेब ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरे लगायतले भानुभक्त सम्बन्धि आ–आफ्ना रचना बाचन गरेका थिए।
समारोहमा प्रमुख अतिथी श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गरेका थिए भने बलराम फुयालले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गरेका थिए। धुर्बराज खड्काले कला साहित्य गीत संगीत एक अर्काको पुरक रहेको भन्दै आफ्नो धारणा राखेका थिए। प्रतिष्ठानका अध्यक्ष केसीले भानुक्त रामायणको पंक्तिहरू वाचनगर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। केसीले कवि श्रीहरि फुयालले हालै एक लाख धनराशीको महाकवी देवकोटा साहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा बधाई तथा शुभकामना समेत दिएका थिए।
कार्यक्रममा चलचित्र निर्देशक अमर वलि, कलाकार विकासकुमार दास, अन्जनी केसी, दिप्तप्रकाश अधिकारी, नरेश वली, केशव सिठौला, हरिहर सिलवाल, समाजसेवी इन्द्रनारायण मानन्धर, बाइसधारा पार्कका कार्यालय प्रमुख निरन्जन बस्नेत, सामाजिक अभियन्ता जेवी रसाइली, राम पाण्डे, सुरेन्द्र थापा लगायतका व्यत्तित्वका साथै स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियोे।