काठमाडौँ। देशभर रोपाइँ हुने कुल क्षेत्रफलको हाल सम्म ४२.६प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषी विगभाका अनुसार देशभर रोपाइँ हुने अनुमानित कुल क्षत्रेफल १३ लाख ९८ हजार २७३ हेक्टर क्षेक्रपलमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको छ। सो प्रदेशमा १ लाख५० हजार ६२ (८६.२ प्रतिशत) यहाँ रोपाई भइसकेको छ। प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने उल्लेख गरिएको छ।
यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाई भएको विभागको तथ्याङ्क छ। ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा रोपाई हुन सकेको छ।
यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ।
यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाई भएको छ भने, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाई हुने भनेर सरकारी तथ्याङ्क छ। हालसम्म यहाँ ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाई भएको छ।
यस्तै, लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ। हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई हुन सकेको छ।
यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ। हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्क छ।
गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाई भएको थियो। गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोबाट यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो।