चितवन। पर्यटन तथा संस्कृति मन्त्री हितबहादुर तामाङले मंगलबार बिहान चितवनको पदमपुरमा ‘मुनाल एन्ड मयूर’ मेडिकल वेलनेस होटल शुभारम्भ गरेका छन्। शुभारम्भको खुसीमा आगामी तिन महिनाका लागि होटलले कोठाको मूल्यमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ।
होटलमा खाना र बासका साथै प्राकृतिक उपचार सुविधा पनि छ। यहाँ तनावमुक्त बनाई निरोगी बनाउन मसाज, साउना, स्पा र अक्सिजन च्याम्बर व्यवस्था गरिएको छ।
पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको लगानीमा होटल खोलिएको हो। दुई बिघा जमिनमा हेलिप्याड र स्विमिङ पुलसहितका सुबिधा छन्। यहाँ ४१ कोठा छन्।
मुनाल एन्ड मयूर होटल।
‘हामीले ५० करोड रुपैयाँ लगानी गरिसक्यौं’, लामाले भने, ‘निर्माण पुरा भैसक्दा करिब एक अर्ब रुपैयाँ लगानी हुनेछ।’
कालिकानगर नरपालिका–१, पदमपुरमा खोलिएको रिसोर्टमा खाना र बासका साथै प्राकृतिक उपचार सुविधा पनि छ। यहाँ तनावमुक्त बनाई निरोगी बनाउन मसाज, साउना, स्पा र अक्सिजन च्याम्बर व्यवस्था गरिएको छ।
होटलका बारेमा ब्रिफिङ गर्दै पर्यटन अभिन्यता लाक्पा ढुण्डुप लामा।
मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याएका लामाले यस होटल मार्फत् हिमाल र तराई जोड्ने प्रयास गरेका छन्। मुनाल हिमालको प्रतीक हो भने मयूर तराईको। उनले हिमालमा बस्नेहरूलाई तराईमा र तराईमा बस्नेहरूलाई मनास्लु घुमाउने प्याकेज पनि बनाएका छन्।
लाक्पा ढुण्डुप लामा।
होटलमा बास नबस्नेहरूका लागि पनि स्विमिङ पुल र रेस्टुराँ खुला गरिएको छ। साथै यहाँ मनास्लुको स्याउका परिकार, भीर माहुरीको मह, यार्चागुम्बा लगायतका जडीबुटी, जडीबुटीको तेल आदि हिमाली खाद्यान्न समेत किन्न पाइन्छ। नारायणगढ बजारबाट ५.५ किलोमिटर दुरीमा छ होटल। यहाँबाट सौराहाको दुरी ९ किलोमिटर पर्छ।
कालिकानगरको पर्यटनमा कोशेढुङ्गा
मुनाल एन्ड मयूर होटल समग्र कालिकानगरको पर्यटनमा कोशेढुङ्गा बन्ने विश्वास गरिएको छ। मंगलबार होटल शुभारम्भका अबसरमा पर्यटन मन्त्री हितबहादुर तामाङ, होटल व्यवसायी महासंघ अध्यक्ष दिनेश कुमार चुके, पर्यटन अभियन्ता लाक्पा ढुण्डुप लामा र होटलका निर्देशक राकेश महर्जनले शुभकामना मन्तव्य राखेका थिए।
सम्पर्क
मुनाल एन्ड मयूर होटल
पदमपुर, चितवन
फोनः ९८५५०८४२३५
पर्यटन मन्त्रीको स्वागत कार्यक्रम।
होटलका साझेदारहरू लाक्पा ढुण्डुप लामा र सुशील चौधरी।
मनास्लुको स्याउ।
भीर माहुरीको मह।


-1719315960.jpg)
-1719315959.jpg)
-1719315957.jpg)
-1719315955.jpg)
-1719315953.jpg)
-1719315953.jpg)
-1719315952.jpg)
-1719315986.jpg)
-1719315990.jpg)
-1719315989.jpg)
-1719315988.jpg)
-1719315986.jpg)
-1719315991.jpg)
-1719315991.jpg)
-1719315993.jpg)
-1719315993.jpg)