चितवन। स्वादिस्ट खाना र आरामदायी बास दिलाउने उद्धेश्यले चितवनको पदमपुरमा अध्याधुनिक वेलनेस होटल सञ्चालनमा ल्याइएको छ। तीन जना पर्यटनकर्मीको समूहले ‘मुनाल एन्ड मयूर’ होटल खोलेको हो।
दुई बिघा जमिनमा हेलिप्याड र स्विमिङ पुलसहित ५० करोड लगानीमा खोलिएको ‘मुनाल एन्ड मयूर’ होटल पदमपुरमा फक्रिएको एउटा सुन्दर फूल हो।
लाक्पा ढुण्डुप लामा, सुशिल चौधरी र राजेन्द्र महतोको लगानीमा कालिकानगर नरपालिका वडा नं १, पदमपुरको दुई बिघा जमिनमा हेलिप्याड र स्विमिङ पुलसहित होटल खोलिएको हो। यसमा करिब ५० करोड लगानीमा भैसकेको छ। यहाँका २६ ओटा भिल्लामा ६० जना बस्न सक्छन्। यहाँ प्राकृतिक उपचार गरिन्छ। तनावमुक्त बनाई निरोगी बनाउन मसाज गरिन्छ। साउना र स्पा सुविधा पनि छ।
होटलमा बास नबस्ने पाहुनाले पनि यहाँको स्विमिङ पुल र रेस्टुराँ प्रयोग गर्न सक्नेछन्। यहाँको रेस्टुराँमा नेपाली, चिनियाँ, कन्टिनेन्टलका साथै हिमाल र तराईका स्वादिलो परिकार पनि पाइन्छ।
होटलमा बास नबस्ने पाहुनाले पनि यहाँको स्विमिङ पुल र रेस्टुराँ प्रयोग गर्न सक्नेछन्। यहाँको रेस्टुराँमा नेपाली, चिनियाँ, कन्टिनेन्टलका साथै हिमाल र तराईका स्वादिलो परिकार पाइन्छ।
होटलमा सेमिनार हल, पार्टी प्यालेस र मिटिङ कोठाहरू बनाइएका छन्। यहाँ आकाशमा उडेर ब्रेकफास्ट खाने सुबिधा पनि हुनेछ। उडाइएको बेलुनमा बसेर ब्रेकफास्ट खुवाइने तयारी भइरहेको लामा बताउँछ्न। होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा एक अर्ब रुपैयाँ खर्च हुनेछ। यहाँ २५ जनाले काम पाएका छन्। होटल निर्माण पुरा हुँदा सय जनाले रोजगारी पाउनेछन् ।
यही असार ११ गते मंगलबार होटलको औपचारिक उद्घाटन हुँदैछ। होटल शुभारम्भका अबसरमा विशेष छुटको घोषणा गरिएको छ। पदमपुरमा थारु समुदायको बसोबास छ। यहाँ बसेर सेरोफेरोका उपरदाङगढी, सिराइचुली, सौराहा र नारायणगढ घुम्न सकिनेछ। नारायणगढबाट ५ किलोमिटरमा होटलमा पुगिन्छ। त्यसैगरी होटलबाट ९ किलोमिटरमा सौराहा बजार छ। ्
याे पनि: मनास्लु पदमार्गकै नमुना रिसोर्ट चलाउने लाहुरे
वेलनेस होटल
संसारका सबै होटल तथा रिसोर्टले पाहुनालाई बेच्ने भनेकै कोठा, खाना र रक्सी नै हो । हामी त्यतिमा सिमित छैनौं। हाम्रा पाहुनालाई तनावमुक्त बनाउँछौं । उनीहरूलाई खुसी बनाउने हाम्रो लक्ष्य। अर्को कुरा, हाम्रो होटलले हिमाल र तराईलाई जोड्ने छ। मुनाल हिमालको प्रतीक हो भने मयूर तराईको। हामीले हिमालमा बस्नेहरूलाई तराईमा र तराईमा बस्नेहरूलाई मनास्लु घुमाउने प्याकेज पनि बनाएका छौं।
|
सम्पर्क
मुनाल एन्ड मयूर वेलनेस होटल
पदमपुर, चितवन
फोनः ९८६५३८१५१०
याे पनि: मनास्लु पदमार्गकै नमुना रिसोर्ट चलाउने लाहुरे