काठमाडौं। मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा। सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले शनिबारबाट तीन दिन (असार १ देखि ३ गते) सम्म राजधानीको टुँडिखेलमा भूमे पर्व आयोजना गरेको छ।
वर्षायामको सुरुवातसँगै यस क्षेत्रमा बसोवास गरेका मगर लगायत दलित समुदायको आर्थिक वर्ष सुरु हुने, बाली नाली सप्रोस, प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नआवोस, र समुदायमा सुख शान्ति होस भनेर भूमिको पूजा गर्ने र हप्तादिनसम्म अठार मगरात क्षेत्रमा परापुर्वकालदेखी धुमधामले मनाईन्छ।
पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ।
अठार मगरात क्षेत्रका सबैभन्दा ठूलो भूमे पर्व परापूर्व कालदेखि रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका निशी(भल्कोट भेगका मगर बाहुल्य गाउँबस्तीमा हर्षोल्लासको साथ हप्तादिन भूमे पर्व धुमधामले मनाउने चलन छ।
काठमाण्डौंमा बसोबास गर्दै आऐका रोल्पा, रुकुम र बाग्लुङ क्षेत्रका मगर समुदायले टुँडिखेलमा भेला भएर हर्षोल्लासको साथ भूमे पुजा मनाएको छ। उद्घाटन समारोहमा अर्थमन्त्री वर्षमान पुन (अनन्त), पूर्वसभामुख ओन्सारी घर्ती मगर, सुरेश आलेमगरलगायत विशिष्ट अतिथिहरुलको सहभागिता थियो।