नवलपुर। पुर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा पर्ने ग्रामिण पालिका मध्य बुलिङ्टार गाउपालिका पनि पर्छ। नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङखला अन्तर्गत समुन्द्री सतह देखी १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाँउमा मगर जातिको बाहुल्यता रहेको छ। सुन्दर र शान्त गाँउमा घर बास (होमस्टे) को सञ्चालन २०७३ साल देखि शुरु गरिएको हो।
-1716626188.jpg)
गाँउकै नाम र मगर समुदाय लाइ जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे' नाम दिइएको छ। पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरिमा उत्तर तर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ।बुलिङटार गाउँपालिका वडा नं. ४ मा अवस्थित छ चुली बोझा सामुदायिक मगर होमस्टे। मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ। होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन्। होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ।
-1716626186.jpg)
जिल्लाभित्र र नजिकका छिमेकि जिल्लाहरुबाट पनि आन्तरिक पर्यटकहरु बास बस्न र रमाईलो गर्न आउने गरेको गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउनुहुन्छ।जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराइबाट गर्मि छल्न आउने र होमस्टेमा बास बस्न आउने गरेका छन। चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो , लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल, पिडालु , भट्ट , गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरु होमस्टेमा आउने गर्छन। मगर समुदायको मौलिक संस्कृती जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच , झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ।
चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा , उत्तरतर्फ धौलागिरी , माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाडा समेत अवलोकन गर्न सकिन्छ , यस्तै यहाँका भिरमा रोपिएका अमृसो खेती र रमणीय वातावरणले जोकोहिको मन रमाउछ। पाहुनाहरुको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्ने गर्छ।
-1716626182.jpg)
-1716626178.jpg)
-1716626179.jpg)
-1716626182.jpg)