काठमाडौं। स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको ललितपुरको सामाजिक संस्था ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई सगरमाथा आधारशिविर(५,३६४ मिटर)सम्म पदयात्रा गराएको छ।
पदयात्रामा सहभागी सबै २१ सदस्य सकुशल आधारशिविर पुग्न सफल बने। सगरमाथा क्षेत्रको प्राकृतिक वैभवता देखेर सबैजना मन्त्रमुग्ध बने। उत्साहित र रोमाञ्चित बने।
उनीहरूको पदयात्राले एकातिर नेपालीलाई आफ्नो मुलुक घुम्न प्रेरित गरेको छ भने अर्कातिर शाकाहारी भोजन गरेरै पनि अग्ला भञ्ज्याङरू छिचोल्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूलमन्त्र बोकेर प्राकृतिक स्वास्थ्यका विषयमा पैरवी गर्दै आएको समूहका सदस्यहरूले वैशाख ९ देखि २४ गतेसम्म सगरमाथा क्षेत्रमा यात्रा गरेका हुन्। यात्रामा उनीहरूले शुद्ध शाकाहारी भोजन गरे। उनीरूको यात्रामा मासु, मदिरा, जंकफुड र फास्टफुड निषेधित छ। स्वास्थ्यबद्र्धक खाना मात्र खुवाइन्छ।उनीहरूको पदयात्राले एकातिर नेपालीलाई आफ्नो मुलुक घुम्न प्रेरित गरेको छ भने अर्कातिर शाकाहारी भोजन गरेरै पनि अग्ला भञ्ज्याङरू छिचोल्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।
पदयात्रामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक पनि सहभागी थिए। रामशरण पाण्डे (७५ वर्ष) र लक्ष्मी नारायण सुवाल (७१ वर्ष)। यी दुबैजना सबैको प्रेरणास्रोत बन्न पुगे।
पदयात्रीले बिहान र बेलुकी पदमार्गका होटलमा शाकाहारी खाना खाएका थिए भने ब्रेकफास्टमा च्यूरा, सातु र भुटेको मकै खाएका थिए। उनीहरूले थर्मसमा मनतातो पानी बोकेका थिए। ठाउँठाउँमा मनतातो पानी खाँदै सुस्तरी हिँडे।
वैशाख ९ गते बिहान तीन ओटा जिपमा निस्केको पदयात्री टोली सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार पुगेर बास बसेको थियो। भोलिपल्ट पैयाँसम्म जिपमा गएर त्यहाँबाट पदयात्रा सुरु भएको थियो। पहिलो बास सुर्केमा भएको थियो। त्यसैगरी उनीहरू मन्जो, नाम्चे, मिलिङ्गो, दिङ्बोचे, लोबुचे र गोरखसेपमा बास बसेका थिए।
गोरखसेप पुगेकै दिन उनीहरू कालापत्थर चढेर संसारकै सर्बोच्च शिखर सगरमाथासहित, नुप्से र ल्होत्से हिमाललाई नजिकबाट नियालेका थिए। त्यसको भोलिपल्ट आधारशिविर पुगे।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो टोपी लगाएका पदयात्रीले आधारशिविरमा उभिएर पनि भने, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’। उकालो चढ्दा पदयात्रीहरू दिङ्बोचेमा दुई रात बसेका थिए। फर्कंदा भने लोबुचे, पाङ्बोचे, नाम्चे, लुक्ला र पैयाँमा बास बसे। पैयाँबाट फेरि जिप चढेर सल्लेरी हुँदै काठमाडौं फर्किसके।
पदयात्रा टोलीको नेतृत्व समूहका संस्थापक डा. उमेश श्रेष्ठले गरेका थिए। टोलीमा समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जन पनि सहभागी थिइन्। त्यसैगरी पथप्रदर्शकको भूमिका समूहका स्वयंसेवक होमराज तामाङले निर्वाह गरेका थिए।
पदयात्रामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक पनि सहभागी थिए। रामशरण पाण्डे (७५ वर्ष) र लक्ष्मी नारायण सुवाल (७१ वर्ष)। उनीहरू दुबैजना सबैको प्रेरणास्रोत बन्न पुगे।
पदयात्री टोलीका अन्य सदस्यहरूमा देवेन्द्र कार्की, कृष्णलक्ष्मी बाराही, सुनिता अवाले, चन्द्रकला गौतम, शारदा गिरी, हरिकृष्ण बाराही, कृष्णा अमात्य, जगदिश अमात्य, द्वारिकानाथ महर्जन, चिरिबाबु महर्जन, नरेशमान सिंह तुलाधर, भुपेन्द्र रावल, सुदिप घिमिरे, रमेश सुवेदी, अर्जुनकुमार श्रेष्ठ र अमृत भादगाउँले हुन्।
स्मरणीय छ, समूहले नेपालमा हाइकिङ जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ भने बेलाबेलामा बहुदिने पदयात्रा (टे«किङ) पनि गराउँछ। यसले गत मंसिरमा आफ्ना सदस्यलाई मनास्लु क्षेत्रको पदयात्रा गराएको थियो।
हेर्नुस् सगरमाथा पदयात्राका थप तस्बिरहरू: