काठमाडौं। अमेरिकी पर्वतारोही, फोटोग्राफर, फिल्म निर्माता र जलवायु अभियन्ता स्वर्गीय डेभिड ब्रेशियर्सले नेपालको हिमाली पर्यटन क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै काठमाण्डौमा उनको योगदानको चर्चा गरिएको छ।
नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले स्व.डेभिड ब्रेशियर्सको सम्झनामा काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उनले नेपालको पर्वतीय पर्यटनमा टूलो गुन लगाएको बताए। सन् १९५५ डिसेम्बर २० मा जन्मिएका ब्रेशियर्सको २०२४ मार्च महिनाको १४ तारिखमा निधन भएको थियो।
नेपालको हिमालबारे विश्वसमुदायमा सन्देश प्रभाव गर्नुका साथै र जवलायुपरिवर्तनको कारण हिमाली क्षेत्रमा परेका असरका विश्वसमुदायमा जनचेतता अभिवृद्धि गर्न उनको ठुलो योगदान रहेको सो अवसरमा चर्चा गरियो। उनले उच्च हिमाली क्षेत्रमा पुगेर डकुमेन्ट्री समेत निर्माण गरेका थिए।
सो कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जासन मिक्सले डेभिड ब्रेशियर्सको उपलब्धि र योगदानको प्रशंसा गर्दै उनले गरेको नेपालको हिमालका बारेमा गरेको योगदानले नेपाल र अमेरिका बीचको सम्बन्धलाई थप नजिक ल्याएको बताए।
एडमन्ड हिलारीका छोरा पिटर हिलारीले स्वर्गीय ब्रेशियर्सको सम्झना गर्दै उनको काम प्रतिको लगाव, क्रियाशीलता सहनीय रहेको चर्चा गर्दै उनको योगदानको प्रशंसा गरे।
कार्यक्रममा नेपालका लागि न्युजिल्याण्डका अवैतनिक वाणिज्यदूत लिजा चोग्यालले स्व।ब्रेशियर्सको नेपालको लागि ठूलो योगदान गरेको बताए।
नेपाल पर्यटन बोर्डकी कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले स्वर्गीय ब्रेशियर्सले नेपालका नेपाल नेपालीका लागि ठूलो गुन लगाएको बताएउँदै उनको योगदानलाइृ सधैं स्मरण गरिरहने बताए। सो अवसरमा नेपाल प्रर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, वरिष्ठ पत्रकार कुन्द दीक्षित, इसिमोडका सञ्चार प्रमुख आनी डेअर,वाचुकक पीक प्रमोशनका प्रबन्धक आङ दिकु शेर्पा लगयायतले स्व. डेभिड ब्रेशियर्सका कार्यहरुको चर्चा गर्दै उनको कार्यलाई नेपाल र नेपालीले सधैं स्मरण गर्ने बताए।