काठमाडौं। फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन्। केवल ३ फुट ७ ईञ्च मात्र उचाई रहेका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको बताए।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अबको केही दिन हप्तामा आफू सगरमाथा आरोहणको लागि सगरमाथा आधार शिविर तर्फा जान लागेको जानकारी दिए। सगरमाथाको आरोहण गर्नु अघि लोबुछे पिकको आरोहण गर्ने छ। उनले सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रा।लिबाट गर्न लागेका हुन्।
सागर तयारी स्वरुप अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन्। दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको सागर बताउँछन्। ‘हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेने दृष्टिकोण नराम्रो छ। उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहान्छु, अबको कही दिन हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,’ सागरले भने। दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गर्ने उनको भनाइ छ। अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियान समेत चलाइरहेका छन।
उनले सहयोगी मनहरुलाई सहयोगका लागि अपिल समेत गरे। ‘विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने मेरो चाहना छ। “हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ। हेलाँ गर्छ, हेप्छ म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,’ सागर भन्छन्, “हामी किन थिचिने? किन मिचिने? म जस्ता अरु फरक क्षमता भएकाहरुका लागि मनोबल पनि बढोस्। हामी पनि के कम छौं र ? र, जलवायु परिवर्तन बारे पनि सन्देश दिने योजना छ।
विभिन्न जोखिम र चुनौतीकाबीच आफ्नो मनोबल बलियो बनाएर सगरमाथा पुग्ने अठोट लिएका उनको भनाइ छ। सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन्। सागरको चाहाना होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ। आफ्नै नेतृत्व फरक क्षमता भएका व्यक्तिहरुले पनि आत्मबल बढाएर,चाहेको कुराहरु गर्न सकिकन्छ भन्ने सन्देश दिने सागरको इच्छा छ।
सागर भन्छन् “मलाई हेनुस्, र तपाईंहरुले पनि आफ्नो आत्मबल बढाउनुहोस् भन्ने चाहना छ। भोलिको दिनमा म एउटाले गर्दा हजारौंको मनोबल बढ्छ भने किन नगर्ने रु म जस्तो होचो व्यक्तिले मात्र होइन, हामीभन्दा फरक क्षमता भएका व्यक्तिहरुको पनि मनोबल बढाउनु जरुरी छ।” सगरमाथासहित ७ वटै महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
को हुन् सागर?
सागरको जन्म कास्कीको मादी गाउँपालिका वडा न। ११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो। बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके। सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए। त्यसपछि उनी सुन पसलमा काम गर्न थाले।
बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु प¥यो। टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले। अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ। अध्ययनको लागी पनि उनले दिदिको प्रोत्साहनले गर्दा उनले २०८० सालमा एसइइको परिक्षा पनि दिएका छन।