जिरी। गत चैत २३ देखि दोलखाको जिरीमा आयोजित दोस्रो जिरी महोत्सव आइतबार समापन भएको हो।
जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत २३ देखि जिरी ५ स्थित जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा आयोजित १० दिने महोत्सव वैशाख २ गते समापन भएको हो।
-1713179564.jpeg)
१० दिनसम्म आयोजित महोत्सवमा ३० हजार बढीले महोत्सवको अवलोकन गरेको आयोजक जिरी उद्योग वाणिज्य संघले जनाएको छ। महासघंका अनुसार महोत्सव अवधिभर डेढ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ। नेपाल सरकारका उद्योगण वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सवको समापन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो। समापन कार्यक्रममा बोल्दै उनले सगरमाथाको प्रवेशद्वार जिरीलाई महोत्सवले राष्ट्रिय स्तरमा प्रचारप्रसारको लागि सहयोग पुर्याएको बताएका थिए।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहेको थियो भने भेट्रान्स पुरुष भलिबल प्रतियोगिता, जिरी डान्सिङ स्टार २०८० लगायतका कार्यक्रमहरु प्रमुख आकर्षणको रुपमा सञ्चालन गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बातए।
समापनमा कार्यक्रममा जिरी नगरपालिका मेयर मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य रामेश्वर मानन्धर, जिरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुकुमार कार्की, जिरी नगरपालिकाका प्रथम नगरप्रमुख मित्र बहादुर जिरेल, नेपाली कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पा, एमाले जिरी नगरकमिटीका अध्यक्ष केशव कुमार कार्की लगायतको सहभागीता थियो।

-1713179576.jpeg)
-1713179575.jpeg)
-1713179574.jpeg)
-1713179573.jpeg)
-1713179566.jpeg)
-1713179566.jpeg)
-1713179568.jpeg)
-1713179568.jpeg)
