जिरी। ‘पूर्व खेलाडीहरुलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो जिरी महोत्सवको अवसरमा आयोजना गरिएको ‘भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधी कालिञ्चोक गाउँपालिकाले जितेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकालाई हराउँदै कालिञ्चोकले उपाधी हात पारेको हो। रोचक भीडन्तमा कालिञ्चोक गाउँपालिका सँग पराजित भएको तामाकोशी गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाएको छ।

यस्तै, हिजो भएको खेलमा जिरी नगरपालिकाले तेस्रो स्थान हात पारेको छ भने गोकुल गंगा गाउँपालिका (खिम्ती सेवा समाज) ले सान्तवना स्थान प्राप्त गरेको थियो।
बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृती पर्यटन तथा सहकारी मन्त्री एवम् बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहुने टिमले क्रमशः नगद रु ५० हजार, ४० हजार, ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्तवनाले नगद रु १० हजार प्राप्त गरेको छ।

४० वर्ष माथिका खेलाडीहरुको सहभागीता रहेको पुरुष भेट्रान्स भलिबल प्रतियोगितामा ८ टिम बिच प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताको मूख्य आयोजक जिरी उद्योग वाणिज्य संघ छ भने मुख्य प्रायोजकमा प्यानेसिया एजुकेसन फाउन्डेसन, नयाँ बानेश्वर रहेको छ।
-1713060725.jpg)
-1713060724.jpg)
-1713060722.jpg)
-1713060721.jpg)
-1713060721.jpg)



