काठमाडौं। प्राकृतिक स्वास्थ्यका पक्षमा काम गर्दै आएको ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले ‘देश दर्शन’ अभियान सुरु गरेको छ। आफ्ना सदस्यहरुलाई दोलखाका रमणीय गन्तव्यहरु जिरी, चरिकोट, भीमेश्वर, कालिञ्चोक र खरीढुङ्गामा घुमाएर अभियान शुभारम्भ गरिएको हो। फर्कने बेलामा उनीहरूलाई काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीे पनि दर्शन गराइएको थियो।
आफ्ना सदस्यहरुलाई दोलखाका रमणीय मणीय गन्तव्यहरु जिरी, चरिकोट, भीमेश्वर, कालिञ्चोक र खरीढुङ्गामा घुमाएर समूहले ‘देश दर्शन’ अभियान शुभारम्भ गरेको छ।
समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा सदस्यहरुलाई तीन दिन ‘देश दर्शन’ गराइयो। समूहमा २७ जना सहभागी थिए। उनीहरु २३ चैत शुक्रबारका दिन निरोगधाम, सातदोबाटोबाट गाडीमा धुलिखेल, मुढे, चरिकोट हुँदै दोलखाको ग्रिन भ्याली जिरी बजार पुगे।
पुगेकै दिन अपरान्ह उनीहरूले जिरीबजार, ताल, चैत्य, तेन्जिङहिलारी पार्कलगायत घुमफिर गरे। त्यही दिन जिरी उद्योग वाण्ज्यि संघको आयोजनामा दोस्रो जिरी महोत्सव शुरु भएको थियो। अपरान्ह उनीहरू महोत्सवस्थल पनि घुमे।
भोलिपल्ट अर्थात् शुक्रबार बिहानै उनीहरूलाई समूहकी उपाध्यक्ष यशोदा दाहालले अंगव्यायाम गराएकी थिइन्। त्यसपछि उनीहरू हिँडेर जिरेश्वर महादेव मन्दिर र चियाबगान पुगे। मन्दिरबाट फर्केपछि जिरीबजारबाट ६ किलोमिटर दुरीमा अवस्थित बुद्धपार्क अवलोकन गरे। त्यहाँ समाजसेवी इन्द्रबहादुर खड्काले पार्कको विषयमा जानकारी दिएका थिए।
पार्क घुमेर उनीहरू चरिकोट पुगे। त्यहाँ नजिकै दोलखा बजारमा रहेको भीमेश्वर, त्रिपुरा सुन्दरीलगायत धार्मिक सम्पदाको दर्शन गरे। साँझ भने चरिकोट बजारको चरिघ्याङ दर्शन गरे। भोलिपल्ट बिहानै कालिञ्चोकको बेस क्याम्प कुरीबजारसम्म गाडीमा पुगे। त्यहाँबाट कोही हिँडेर त कोही केवलकारमा कालिञ्चोक पुगे।
कालिञ्चोक भगवतीको दर्शनपछि खरीढुङ्गा हुँदै काठमाडौं फर्के। गन्तव्यमा पुग्नु अघि उनीहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती मन्दिर पनि घुमाइएको थियो।
‘हामीले स्वास्थ्यवद्र्धक खाना खाएर यात्रा ग¥यौं’, हाइकिङविज्ञ महर्जनले भनिन्, ‘उचित आहार, विहार र विचारको सन्देशलाई फैलाउँदै आफ्नो मुलुक चिन्न हामीले देश दर्शन अभियान सुरु गरेका हौं। हाम्रो यात्रा सफल भयो।’
प्राकृतिक रुपमा दोलखाका गन्तव्यहरू सुन्दर भएकाले एक पटक सबै ठाउँमा भ्रमण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न उनले सबैसँग आग्रह गरेकी छिन्। देश दर्शन यात्रामा सहभागी सबै सदस्यहरु खुसी बनेका थिए।
स्मरणीय छ, समूहले प्राकृतिक स्वास्थ्यका विषयमा परामर्श दिनुका साथै आफ्ना सदस्यहरूलाई हाकिङ तथा टे«किङ गराउँदै आएको छ। महिनाको दुईपटक काठमाडौं सेरोफेरोमा स्वास्थ्यवद्र्धक हाइकिङ गराउँदै आएको छ भने बेलाबेलामा ट्रेकिङ पनि गराउँछ। उसले ‘देश दर्शन’ कार्यक्रमलाई पनि अभियानकै रुपमा अघि बढाउने छ।
थप जानकारीका लागि
प्रकृतिप्रेमी समूह
निरोगधाम, सातदोबाटो, ललितपुर
फोन : ०१–५५४१९९१