काठमाडाैं। आजको समयमा मोबाइल अति आवश्यक उपकरण भइ सकेको छ। २१ आंै शताब्दीमा विज्ञानले हामिलाइ नँया–नँया उपकरण दिइरहेको नै छ। यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो।
समयको परिवर्तन सँगै प्रविधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ। समय सङ्गै अहिले टाढा टाढाका आफन्त हरु सङ्ग बोल्न तेति कष्ट गर्नु पर्दैन। नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरि हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर आज भन्दा एक दशक भन्दा अघि सायदै यसरि जो कोहि सँग मोबाइल हुन्थ्यो। टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुथहरु हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे। गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर बस्नु पथ्र्याे। आज हामी मानिसको साथी बनिरहेको मोबाइलकोे बिषयमा चर्चा गर्ने छौ।
विश्व इतिहासमा सन १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्वन्द्वी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ। त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्ययो, जसको मूल्य थियो, दुई लाख रुपैया। मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो ‘डायना टीएसी’। यसको ब्याट्रीलाई एकचोटीचार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो। यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो।
सन १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ। यसपछी ‘ओ–२’ नामको मोबाइल सेटले आफनो सेवा सुरु ग¥यो। वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो। फ्रांसीसी व्यवसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो। यसको सुरुवातीका दिनमा टचस्क्रीन थियो। जस मार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो। यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे। सन १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई बी एम नामको पहिलो स्मार्टफोन बजारमा आयो। सन २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल बिक्री भयो। जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन।
नेपालमा मोबाइल जीएसएम शुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ। जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते शुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो। पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात १ जी थिए जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किन भने यो निकै महंगो थियो जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो। २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान हाल को नेपाल टेलिकमले प्रिपेड मोबाइलको शुरुवात गरेको थियो। यस अघि पोस्टपेड मात्र प्रयोगमा थियो। सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुुत गतिमा अघि बढ्यो। नेपाल टेलिकमले सीडीएमए सेवाको शुरुवात पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो।