काठमाडौं। बौद्ध स्थित क्रिम्पान्जी एड्भेन्चर हबमा ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ। सोलु दूध कुण्ड नगरपालिकाका प्रमुख नाम्ङगेल जाङबु शेर्पाले बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज (बिहीबार) प्रतियोगिताकाे उद्घाटन गरेका हुन्।
पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना प्रतियोगिता सुरु भएको हो। “यसको माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौ” पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए। यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ।
-ink-1710396040.jpeg)
सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन्। ‘कीर्तिमानी आरोहीलाई विर्सनेक्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले उनको सम्झनामा गर्न लागिएको हो’ संघकी अध्यक्ष शेर्पाले बताइन्। उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने बताइन्। ‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन्। यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ।
-ink-1710396038.jpeg)
उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुदैछ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमस नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ। स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ। १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन्।
-ink-1710396039.jpeg)
वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताएका थिए। उनको यो रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन्। साथै उनले १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए। सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा उनको निधन भएको थियो।
-ink-1710396033.jpeg)
-ink-1710396032.jpeg)
-ink-1710396032.jpeg)
-ink-1710396030.jpeg)
-ink-1710396029.jpeg)