काठमाडौं, फागुन २९
ह्योल्मो समुदायले शनिबार सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिका लागि काठमाडौंस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु पूजा मनाएका छन्।
ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।
चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झैं विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाउँछन्। तर, काठमाडौंमा बसोबास गर्ने ह्योल्मो समुदायहरुले भने त्यसको एक महिना पछि शुक्ल पक्षको दशमीको दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा मनाउने गर्छन्।
गुरू रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पूजामा तान्त्रिक नृत्य देखाइन्छ।
बौद्ध-तिनचुलीस्थित ह्ल्मोमो जब्साङ देक्षेन होशाल छ्योलीङ गुम्बामा शनिबार विशेष कार्यक्रम मनाएको हो।
एक महिनाअघि उक्त पर्व सिन्धुपाल्चोकको हेलम्बुमा मनाइएको थियो। हिमाली भेगमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसम्भवले आफ्न अनुयायीका लागि योग, ध्यान र साधना गर्न बहुमूल्य निधि र धार्मिक पुस्तक हेलम्बु क्षेत्रमा जनविश्वास छ।
प्रत्येक वर्ष मनाउने छेच्यु पर्व यस वर्ष पनि हेलम्बुको विभिन्न गाउँमा धुमधामले मनाइएको थियो।
सेर्माथाङ, टार्केघ्याङ, मेलम्छ्याङ, नाकोटे र कुटुमसाङ, घाङ्ग्युल, छेङ्ग्युँचे, टपखर्क र काजे लगायतका ह्योल्मो गाउँमा विभिन्न फरक–फरक दिनमा यो पर्व मनाइन्छ, जुन पूर्णिमाको दिन सम्पन्न हुन्छ।