दोलखा। नेपालको स्वीट्जरलेण्डको उपनामले परिचित दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीमा यहीँ चैत २३ गतेदेखि दोस्रो जिरी महोत्सव आयोजना हुने भएको छ।
जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत २३ गतेदेखि वैशाख २ गतेसम्म जिरीमा १० दिने दोस्रो जिरी महोत्सव आयोजना हुन लागेको हो।

जिरीको व्यापार , व्यवसाय , पर्यटन सुस्ताउँदै गएकाले जिरीलाई चलायमान बनाउने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागेको उद्योग बाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए।
महोत्सवमा महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने तथा दोलखा जिल्लाका सबै पालीकाहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीहरुबाट उत्पादन गरिएका बस्तुहरु विक्रि वितरण गर्नुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा ७० वटा स्टल रहने छ।
महोत्सवले जिरीको पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल नगरका रूपमा चिनाउन आर्थिक विकासमा फड्को मार्न समेत ठूलो सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।