पढाई सकाएसंगैै उमेर वढ्दै जादा मानिसको आवश्यकता र जिम्मेवारी पनि वढ्दै जान्छ । र, त्यहि आवश्यकता र जिम्मेवारीलाई पुरा गर्नलाई नेपालीहरु विदेश जाने गरेका छन् । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुदा नेपाली युवा विदेशिने गरेको पाइन्छ । नेपाली युवाहरुमा विदेश जाने सोचमा कमि आउन सकेको छैन ।
एक समय मकवानपुरगढी गाँउपालिका–३, मकवानपुरका नरेन्द्र लम्साल पनि विदेश जाने सोच बनाएको थिए । प्लस टु पढ्दा उनले विदेश जाने योजना बनाएको उनी बताउछन् । ‘परिवारको निम्न आयस्रोतका कारण आफुले विदेश जाने योजना बनाएको थिए’, उनले हलोखबरसंग भने, ‘घरमा आम्दानीको स्रोत नहुदा पढ्न गाह्रो थियो ।’
त्यसपछि उनी विदेश जाने सोेच बनाए । विदेश जानका लागि उनको भिसा समेत लाग्यो । २०६६ असोजमा भिसा लागेपछि उनलाई नेपालमै वसेर केहि गर्नुपर्छ भन्ने सोच पलायो । ‘दशैँ, तिहार लगत्तै विदेश जान लागेको थिए’, उनले भने, ‘तर, विचमा नेपालमै वसेर केहि गर्नुपर्छ भन्ने लाग्यो र गाई पालन सुरु गरेँ ।’
सुरुमा ६७ हजार लगानी गरेर ३ वटा जर्सी गाई लिएका उनले अहिले २० वटा गाई बनाइसकेका छन् । जर्सी र होलस्टेन २ प्रजातिका गाईहरु छन् । ‘गाई पालनमा सुरुमा लगानी धेरै लाग्यो । टनेल बनाउन उनले थप एक लाख खर्च गरे । त्यस्तै घास उत्पादन गर्नलाई चार सय बराबरको विउ आयात गरेर रोपेकोे उनी वताउछन् ।
अहिले आम सञ्चार विषयमा व्याचलर पढ्दै गरेका उनले घरको जिम्मेवारी पनि वहन गरेका छन् ।
पारिवारिक अवरोध
पढ्दै नपढेकाले मात्रै कृषि गर्छन् भन्ने धारणा भएको समाजमा परिवारलाई छिट्टै मनाउन सजिलो भने पक्कै हुदैन । अझ विदेश जान छोडेर गाई पालनमा लागेका लम्साललाई परिवारलाई मनाउन सजिलो हुने कुरै भएन । ‘बुबालाई मनाएपनि आमाले मान्दै मान्नु भएको थिएन’, उनले भने, ‘केहि समयपछि हातमा पैसा आउन थाल्यो अनि सबैले साथदिन थाले ।’
विपत्तिले गरेको असर
२०७२ सालको भुकम्पले घर चर्कीएपछि गाईलाई हेरचाह गर्न गाह्रो भएको नमिठो अनुभव सुनाउदै भन्छन्, ‘घरदेखि करिब २ किलोमिटर हिडेर १५ देखि २० लिटर दुध बेच्दै आएको छु ।’ पछिल्ला वर्षहरुमा सहकारीमा दुध बेच्दै आएकाले लकडाउनमा त्यति क्षति त नभएपनि केही असहज भएको उनि वताउछन् ।
अनुदानले लिएको नयाँ मोडल
२०७२ सालमा पशु सेवा कार्यालय, हेटौडाबाट गाई बीमा, गोठ सुधार जस्ता शिर्षकमा ४ लाख बराबरको अनुदान पाएका थिए । त्यस्तै २०७५÷०७६ मकवानपुरगडी गापाबाट पनि १ लाख २० हजार र भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले २ लाख ७० हजार बराबरको अनुदान पाएका थिए । जसबाट २० वटा गाई राख्ने क्षमताभएको टनेल निर्माण गरेका थिए । अहिले १५÷२० वटा गाई अट्ने क्षमता भएको २ वटा टनेल व्यवस्थित रुपले निर्माण गरेको उनी वताउछन् । जिल्लास्थित पशु कार्यालय तथा प्रदेश कृषि मन्त्रालयबाट पनि कहिले काहि अनुगमनमा सरहरु आउदा खुसी लाग्ने उनी वताउछन् ।
तालिमले दिएको फाइदा
उनी लगभग ७ वटा तालिममा सहभागि भैसकेका छन् । २०७७ सालमा नमूना गाई फर्म सञ्चालन गरेका कृषकहरुलाई ७ दिनको भ्रमणमा पनि सहभागि गराइएको थियो । जसमा उनी पनि सहभागी थिए । यस्ता तालिमले किसानहरुमा निक्कै हौसला मिल्ने गरेको अनुभव उनीसंग छ । ‘नयाँनयाँ ठाँउमा भएका गाईफार्महरुको भ्रमण गराउदा नयाँ कुराहरु सिक्ने मौका मिल्नेरहेछ’, उनले भने, ‘सहयोग गर्ने भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र हेटौडाँलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’
४ सयको घाँसबाट ५ लाख बराबरको आम्दानी
२६ वर्षको उमेरदेखि नै गाई पालनमा सक्रिय रहदै आएका लम्सालले घाँस पनि उत्पादन गर्दै आएका छन् । २०७० सालमा गोरखाको मोलाटो, सिरिस, मेफिएर जस्ता चार प्रकारका घाँस लिएर रोपेका थिए । आफ्ना गाईले खाइ नसकेका घासहरु विक्रीवितरण समेत गर्दै आएका छन् । घास विक्रिबाट बार्षिक ७० देखी ८० हजार आम्दानी हुदै आएको उनि बताउछन् ।
१० लिटर देखि १०० लिटरसम्मको यात्रा
३ वटा गाई पालेर १० लिटर दुध बेच्न सुरु गरेका लम्सालले अहिले दैनिक १०० लिटर दुध बेच्न थालेका छन् । जसबाट बार्षिक रुपमा २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको उनी वताउछन् । उनले छ वर्षदेखि १ जनालाई रोजगारसमेत दिएका छन् । सरकारले गाईलाई हाल्ने दानाको बढ्दो मूल्यलाई ध्यानदिदै उचित मूल्यस्तर कायम गरेमा अझै कृषकहरुलाई सहजहुने उनले बताए ।